मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– ३ पापीखोल्सामा शुक्रबार बिहान एक शव फेला परेको छ। उक्त स्थानमा ललितपुर हुसेलका अन्दाजी ७५ वर्षीय प्रताप बज्यूको शव फेला परेको हो।
इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार शव परीक्षणका लागि हैटौँडा अस्पताल ल्याइँदै गरेको छ।
यसैबीच गाउँपालिकामा एक महिलाको शव फेला परेको छ। बिहीबार इन्द्रसरोवर– १ कुलेखानी जलाशयमा थाहा नगरपालिका वडा नं ५ की २८ वर्षीया राधिका लामाको शव फेला परेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ।
शव परीक्षणका लागि बिहीबार नै हेटौँडा ल्याइएको थियो। रासस
3
Shares
प्रतिक्रिया