ad ad

कारोबार


यती एअरलाइन्सको पर्वतीय उडान २० गतेदेखि, एउटा टिकट किन्दा अर्को निःशुल्क

यती एअरलाइन्सको पर्वतीय उडान २० गतेदेखि, एउटा टिकट किन्दा अर्को निःशुल्क

नेपालखबर
मंसिर १४, २०७७ आइतबार ११:२३,

निजी क्षेत्रको विमान सेवा प्रदायक कम्पनी यती एअरलाइन्सले आगामी मंसिर २० (डिसेम्बर–५) बाट पर्वतीय उडान (माउण्टेन फ्लाइट) पुनः सुरु गर्ने भएको छ।

आन्तरिक पर्यटकीय गतिविधि बढाउन केही समयअगाडि विभिन्न गन्तव्यहरुको लागि न्यूनतम मूल्यका आकर्षक भ्रमण प्याकेज ल्याएको यतीले उच्च सतर्कता अपनाएर सुपथ मूल्यमा उडान सुरु गर्न लागेको हो।

‘गाउँदै नेपाली गाथा, हेरौँ आफ्नै सगरमाथा’ भन्ने मूल नाराका साथै पर्वतीय उडान गर्न लागेको यतीले नेपाली यात्रुहरु र नेपालमा बसोबास गर्ने विदेशी तथा भारतीय नागरिकका लागि छुट्टाछुट्टै उडान प्याकेज घोषणा गरेको एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए।

यती एअरलाइन्सले नेपाली यात्रुका लागि आठ हजार ९९९ र नेपालमा बसोबास गर्ने वा काम गर्ने विदेशी तथा भारतीय यात्रुका लागि १३ हजार ४९९ रुपैयाँमा दुईवटा टिकट दिने जनाएको छ।

यसअन्तर्गत यात्रुले झ्यालको एउटा टिकट किन्दा संगै रहेको सिटको अर्को टिकट निःशुल्कको प्राप्त गर्नेछन्।

कम्पनीले आफ्नो २२औँ वार्षिकोत्सव मनाउने क्रममा यात्रुहरुकालागी विभिन्न प्याकेज र अफरहरु घोषणा गर्दै आएको एअरलाईन्सले माउण्टेन फ्लाईटको लागी समेत हालसम्मकै सस्तो र आकर्षक प्याकेज ल्याएको बताएको छ।

एअरलाइन्सका प्रमुख सुरक्षा अधिकृत समेत रहेका प्रवक्ता बर्तौलाले उच्च सर्तकता अपनाएर पर्वतीय उडान सुरु गरिएको बताए।

‘हामीले पर्यटन गतिविधि बढाउन करिब २ महिना अघिदेखीनै कसरत गर्दै यो आकर्षक प्याकेज ल्याएका छौं । यो अवसरलाई सदुपयोग गरी यात्रुुहरुले सस्तोमा विभिन्न हिम श्रृंखलाहरु गौरीशंकर, मेलुम्चे, चोयु, नुप्त्से, आमादब्लम को साथै सगरमाथाको नजिकबाट अनुभव लिन सक्नुहुनेछ’, उनले भने।

अब प्रत्येक शनिबार काठमाडौँबाट नियमित पर्वतीय उडानहरु हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .