ad ad

कारोबार


बिग्रिएको वर्षौँपछि गौशाला–चाबहिल सडक कालोपत्रे सुरु

बिग्रिएको वर्षौँपछि गौशाला–चाबहिल सडक कालोपत्रे सुरु

नेपालखबर
मंसिर १५, २०७७ सोमबार ७:४६,

गौशाला–चाबहिल सडक बिग्रिएको वर्षौँपछि बल्ल कालोपत्रेको काम सुरु भएको छ। काठमाडौंको नामलाई नै ‘धुलोमाण्डु’ र ‘हिलोमाण्डु’को उपनामले चिनाउने चाबहिल खण्डको सडक कालोपत्रे हुनलागेको हो।

लामो समय मेलेम्ची तथा पुराना खानेपानीको पाइपका कारण बिग्रिरहने उक्त खण्डमा पुराना पाइप विस्थापनसँगै कालोपत्रेको काम सुरु भएको हो। उक्त सडकमा विद्युतका तार समेत भूमिगत प्रणालीमा राखिसकिएको छ।

गत वर्ष भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले मन्त्रालयको १०० दिने उपलब्धिमा ‘सबैले हेर्दै जानु चालू आर्थिक वर्षभित्र गौशाला–चाबहिल–चुच्चेपाटी सडक बन्छ’ भनेका थिए।

तर कोभिड महामारीका कारण निर्माण सामग्री अभाव तथा विद्युत् प्राधिकरणले तार भूमिगत गर्दा निर्माण नसकिएको मन्त्रालयले दाबी गरेको छ।

दुई मन्त्रालयको समन्वयको अभाव हुँदै आएको पूर्वधार विकासमा मन्त्री नेम्वाङले दुईवटा मन्त्रालयको समन्वयमा एउटै ठेक्काले दुई काम सम्पन्न गरी नमूना आयोजनाको रुपमा लिन सकिने बताएका थिए।

काठमाडौं सडक डिभिजन कार्यालयले गत आर्थिक वर्ष अधिकांश सडक बनाउँदा पनि उक्त सडक बनाउन सकेन।

गत वर्ष गौशाला–मित्रपार्क ३ सय मिटर भने कालोपत्रे गरेको थियो। ठेक्काअनुसार चाबहिल–गोपीकृष्ण सडक खण्डको पनि कालोपत्रे भइसकेको छ।

सडक डिभिजन कार्यालयले यो महिनाभित्रै मित्रपार्कदेखि चुच्चेपाटीसम्मको कालोपत्रे काम सकिने बताएको छ।

‘अब कालोपत्रे भइसकेपछि पहिलाजस्तो छिट्टै बिग्रने सम्भावना छैन। कुनै कारणवश बिग्रिए मर्मत भइहाल्छ’, डिभिजन कार्यालय प्रमुख कुवेर नेपालीले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .