ad ad

राजनीति


साझा–विवेकशील एकीकरण : नाम र चुनाव चिन्हमा जुट्यो सहमति, नेतृत्वबारे यस्तो समझदारी

साझा–विवेकशील एकीकरण : नाम र चुनाव चिन्हमा जुट्यो सहमति, नेतृत्वबारे यस्तो समझदारी

नेपालखबर
मंसिर १५, २०७७ सोमबार ७:४०,

साझा पार्टी र विवेकशील नेपाल दलबीच अर्कोहप्ता पुनः एकीकरण घोषणा गर्ने गरी दुई पार्टीका नेताहरु अन्तिम छलफलमा जुटेका छन्।

झण्डै दुई वर्षअघि फुटेर बनेका यी दुई पार्टीलाई पुनः एकीकरण गर्न नेताहरु लागेका हुन्।

एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी राख्ने सहमति भएको छ भने चुनाव चिन्ह तराजु हुनेछ।

यसअघि साझाको तराजु र विवेकशीलको मुस्कानसहितको मुखाकृत चुनाव चिन्ह रहेको थियो।

यसअघि नै दुबै पार्टीले एकीकरणका लागि वार्ता समिति गठन गरी छलफल अघि बढाएका थिए। करिब सबै कुरामा सहमति भइसकेको र आगामी हप्ता पुनः एकीकरण घोषणा गर्ने तयारी अन्तिम चरणमा रहेको विवेकशीलका एक केन्द्रीय नेताले बताए।

‘लगभग सबै कुरा टुंगिईसकेको छ। नेतृत्व व्यवस्थापनमा अन्तिम छलफल भइरहेको छ। आगामी हप्तासम्म पार्टी एकीकरण टुंग्याउने तयारीमा छौं,’ ती नेताले भने।

सुरुमा साझाका संयोजक रवीन्द्र मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डे दुबैजना संयोजक रहने गरी छलफल अघि बढेको थियो। तर दुई संयोजक हुँदा सन्देश राम्रो नजाने भएपछि मिश्र अध्यक्ष र पाण्डे संयोजक बन्ने गरी छलफल भइरहेको ती नेताको भनाइ छ।

त्यसो हुँदा अध्यक्ष रहेका मिश्र पहिलो वरियता र संयोजक रहेका पाण्डे दोस्रो वरियतामा रहनेछन।

केन्द्रीय समितिमा भने दुबै पार्टीका तर्फबाट बराबर संख्यामा सदस्य राखिने सहमति भएको छ। साझाका केन्द्रीय सदस्य ६५ जना भएकाले विवेकशीलले पनि ६५ जना नै केन्द्रीय सदस्य पाउनुपर्ने माग अघि सारेको छ।

एकीकरणपछि पद व्यवस्थापन लगायत विषयमा कार्यदल बन्ने र त्यसले प्रदेश, जिल्लाको एकीकरण प्रक्रिया टुंग्याउने सहमति भएको छ। 

एकीकरण भएको ६ महिनापछि एकीकृत पार्टीको महाधिवेसन गर्ने सहमति पनि गरिएको छ।

विवेकशील–साझा यात्रा
२०७४ सालमा भएको स्थानीय चुनावमा फरक फरक पार्टीको रुपमा चुनाव लडेका साझा र विवेकशील पार्टी २०७४ कै साउन महिनामा एकीकृत भएका थिए।

त्यसपछि भएको आमनिर्वाचनमा संयुक्त पार्टीकोरुपमा चुनाव लडेका उनीहरु २०७५ पुसमा फेरि विभाजित भएका हुन्।

गतवर्ष मंसिरमा भएको उपनिर्वाचनमा विभाजित रुपमा चुनाव लडेका साझा र विवेकशील दुवै दलले सम्मानजनक भोट पनि नपाएपछि दुवै पक्षले फेरि एकीकरण गर्नुपर्ने आवश्यकता महशुस गरेका थिए।

दुवै पार्टीमा केहि महिनादेखि जारी रहेको बहस र विवादपछि अन्ततः एकीकरणका लागि संवाद समिति गठन गरेका थिए।

यो पनि: 
विवेकशील र साझाबीच एकता संवाद सुरु, रवि लामिछानेदेखि रमेश खरेलसम्म समेट्ने प्रयास

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .