ad ad

कारोबार


‘एटेन्ड’ प्रवेश गर्‍यो राइड सेयरको बजारमा, थपिए यी सुविधा

‘एटेन्ड’ प्रवेश गर्‍यो राइड सेयरको बजारमा, थपिए यी सुविधा

नेपालखबर
मंसिर १६, २०७७ मंगलबार १५:३३,

नेपाली राइड सेयर बजारमा विभिन्न अद्भुत सुविधाका साथ नयाँ छलाङ्ग मार्दै ‘एटेन्ड’ एपले आफ्नो सेवाको सुरुवात गरेको छ।

हाल बजारमा उपलब्ध अरु राइड सेयर एपभन्दा धेरै नै उत्साहजनक र आकर्षक सुविधाका साथ आएको यस एपले आफ्नो निजी सवारीसाधन नभएका समस्त यात्रुहरुको समस्याको हल गर्ने विश्वास लिएको छ।

साथै कुनै पनि विशेष ठाउँलाई मात्र लक्षित नगरि नेपालभरि जहाँकहिँ जान आउन सक्ने भएकाले यस राइड सेयर एप चाँडै नै यात्रु माझ परिचित हुने कम्पनीले जनाएको छ।

एप सार्वजनिक गर्दै यसबारे जानकारी दिने क्रममा एटेन्ड प्रालिका निर्देशक भिमकान्त भण्डारीले भने, ‘यो अहिले नेपालमा चलिरहेको सामान्य राइड सेयरभन्दा भिन्न रहेको छ। मोडल त हाम्रो पनि राइड सेयर नै हो तर हाम्रो सेवा र सुविधा अरूभन्दा भिन्न छ।

हामीले मोटरसाइकल, एम्बुलेन्स, शववहान, ट्याक्सी, कार, जिप, मालबहाक ट्रकदेखि हेलिकप्टर सम्मको सेवा दिन्छौँ, साथै यसमा हेल्थ सर्भिस अन्तर्गत घरमै औषधि पुर्याउने, डक्टर नर्स पठाउने र विभिन्न ल्याव समन्धी सम्पूर्ण कार्यकालागि ल्याव टेक्निसियन घरमै पठाउने काम पनि गर्ने छौँ।’

यसैगरि कम्पनीले प्याकेज सुविधाको अवधारणालाई समेत अघि सारेको छ, जसमा अग्रिम बुकिङ् सेवाका साथै चालक सहित वा चालकबिनाको गाडी लिन र इन्धन सहित वा आफैँले इन्धन हाल्न पाउने विकल्प समेत राखेको छ।

साथै दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै र हाल चलिरहेको बीमा सम्बन्धी विषय सम्बोधन गर्न, यस कम्पनीसँग आवद्ध सम्पूर्ण गाडी तथा मोटरसाइकलमा यात्रारत चालक र यात्रुको तेस्रो पक्षीय बीमा गरिदिने समेत कम्पनीले जनाएको छ।

त्यस्तै सेवाको उपयोग गरे पश्चात यात्रुलाई पैसा तिर्न सजिलो होस् भन्ने उद्देश्यले कम्पनीले नगद बाहेक जुनसुकै बैंकको एटीएमबाट पनि पैसा तिर्न मिल्ने प्रणाली विकास गरेको छ। त्यस्तै राइडरबाट कम्पनीले सेवा उपलब्ध गराए वापत १० प्रतिशत कमिसन लिने, हाल बजारमा चलिरहेको राईड सेयरको तुलनामा यो कमिसन न्यून रहेको छ। एम्बुलेन्स र शववहानबाट भने कुनै कमिसन नलिने कम्पनीले जनाएको छ।

सुरक्षाको दृष्टिकोणले समेत यो एप विश्वाशिलो रहेको छ र यसमा रहेको इमर्जेन्सी बटन दबाएमा नम्बर सेट गरिएको आफन्तको मोबाइलमा म्यासेज र प्रहरीलाई समेत फोन जाने प्रणालीको सुविधा रहेको छ।

सुरुवाती अवस्थामा रहेता पनि हाल कम्पनीमा करिब ५ सय गाडी आवद्ध भईसकेका छन् भने ट्याक्सी र बाइकलाई क्रमशः आबद्ध गराउँदै कम्पनीको योजना रहेको छ। साथै बाहिर गएर खोजी खोजी बुक गर्न भन्दा आफ्नै मोबाइल एपबाट एक क्लिकको भरमा बुक गर्न मिल्ने यस एप आर्थिक दृष्टिकोणले समेत लाभदायी रहेको कम्पनीले दावी गरेको छ।

यो एप एन्ड्रोइड प्रयोगकर्ताले प्ले स्टोर र आइफोन प्रयोगकर्ताले आईओएसमा गएर सजिलै आफ्नो मोबाइलमा इन्स्टल गर्न सकिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .