ad ad

कारोबार


नेपालगञ्ज विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास गरिन्छः मन्त्री भट्टराई

नेपालगञ्ज विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास गरिन्छः मन्त्री भट्टराई

नेपालखबर
मंसिर १६, २०७७ मंगलबार १५:५३,

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरका एयरपोर्टको रुपमा विकास गर्ने बताएका छन्।

नेपालगञ्ज विमानस्थलमा एटीआर ७२ स्तरका थप ६ वटा जहाजहरु पार्किङ् गर्न सकिने गरी निर्माण सम्पन्न भएको एप्रोनको उद्वघाटन गर्दै मन्त्री भट्टराईले नेपालगञ्ज एक अन्तर्राष्ट्रिय व्यापारी केन्द्र भएकोले विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउनु पर्ने बताएका हुन्।

मन्त्री भट्टराईले नेपालगञ्ज विमानस्थलको गुरु योजना मन्त्रिपरिषदबाट पास हुने क्रममा रहेको जानकारी दिदै सो विमानस्थलको क्षमता विस्तारमा प्रधानमन्त्रीको समेत चासो रहेको बताए।

भट्टराईले नेपालगञ्ज विमानस्थलको रनवे विस्तार गरिने, टर्मिनल भवन नयाँ बनाउने बताउँदै रनवेको लागि थप जग्गा अधिग्रहण गरिने जानकारी दिए।

उनले रनवे १८ सय मिटर भएमा एयर बस ३२० अवतरण गर्न सक्ने जानकारी दिँदै रनवेको लागि जग्गा थप गरेर भएपनि रनवे विस्तार गर्ने बताएका छन्।

नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले विमानस्थल पूर्वाधारमा सहकार्य नीति अवलम्बन गरेको बताए। हाल नेपालगञ्ज एयरपोर्ट लम्बाई १५ सयबाट बढाएर १७ सय पाँच पुर्याईएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .