ad ad

कारोबार


ग्लोबल आइएमई बैंकको २३२औँ शाखारहित बैंकिङ सेवा ईलामको माईजोगमाईमा

ग्लोबल आइएमई बैंकको २३२औँ शाखारहित बैंकिङ सेवा ईलामको माईजोगमाईमा

नेपालखबर
मंसिर १७, २०७७ बुधबार १४:५५,

ग्लोबल आइएमई बैंकले ईलाम जिल्लाको माईजोगमाई गाउँपालिकामा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ। थप १ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २३२ पुगेको छ।

शाखारहित बैंकिङ सेवाबाट सेवाग्राहीले निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा निकाल्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिस होम/सीडीएमए/यूटीएल/एनटीसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन्।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यस क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले यस स्थानमा शाखारहित बैंकिङ सेवा शुरु गरेको बैकले जनाएको छ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा सञ्जाल सहित २३९ एटिएम, ४६ एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, २३२ शाखा रहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्र्पक कार्यालय मार्फत आफ्ना २१ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .