ad ad

कारोबार


मेटलाइफको प्रिमियम कनेक्ट आइपीएसबाट तिर्न सकिने

मेटलाइफको प्रिमियम कनेक्ट आइपीएसबाट तिर्न सकिने

नेपालखबर
मंसिर १७, २०७७ बुधबार १४:४२,

मेटलाइफ नेपालले आफ्नो ग्राहकहरुको प्रिमियम भुक्तानी गर्न अझ सजिलो होस् भनेर अनलाइन सेवाको विस्तार गरेको छ।

नेपाल क्लियरिङ हाउस लिमिटेडको नयाँ व्यवस्था अन्तर्गत, मेटलाइफ नेपालका ग्राहकहरुले अब सुरक्षित अनलाइन भुक्तानी गेटवे कनेक्ट आइपीएस मार्फत आफ्नो प्रिमियम भुक्तान गर्न सक्नेछन।

कनेक्ट आईपीएस सहित सबै अन्य प्रिमियम भुक्तान माध्यमहरू ग्राहकको सुविधाको लागि अझै उपलब्ध हुनेछ। ग्राहकहरूले ‘प्रिमियम भुक्तानी’ सेक्सनमा मेटलाइफको वेबसाइट भ्रमण गरेर आफ्नो प्रिमियम भुक्तानी गर्न सक्नेछन्।

मेटलाइफ नेपालका उपाध्यक्ष तथा जनरल म्यानेजर निर्मल काजी श्रेष्ठले भने, ‘अहिलेको समयमा जब ग्राहकले डिजिटल सेवाहरूको विकल्प खोजिरहेका छन्, हामी कनेक्ट आइपीएससँग साझेदारी गर्न पाउँदा निकै नै खुशी छौँ। जहाँ उनीहरूले आफ्नो प्रिमियमहरू अनलाइन मार्फत तिर्ने सुरक्षित र सरल वातावरण मिलेको छ। ग्राहक केन्द्रित कम्पनीका रूपमा हामी आफ्ना ग्राहकको सल्लाह र सुझाब अनुसार अघि बढ्ने प्रयास गरिरहेका छौँ र हामी ग्राहकहरुको सुविधाका लागि सजिलो र छरितो तरिकाले अझ सरलीकरण गर्ने दिशामा काम गर्न जारी गर्नेछौँ।’

२००१ देखि मेटलाइफ, अमेरिकामा सञ्चालित अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनीको शाखाको रूपमा सञ्चालित छ। मेटलाइफ सहयोगी कम्पनी रुपमा नेपालमा मेटलाइफले उपभोक्ता र व्यवसायलाई जीवन बीमा, दुर्घटना र स्वास्थ्य बीमा र कर्मचारी सुविधाहरू (समूह बीमा) प्रदान गर्ने गरेको छ। थप जानकारीको लागि लिंकमा भ्रमण गर्न वा +९७७ १ ५५५५१६६१ मा सम्पर्क गर्न आग्रह गरिएको छ।

एनसीएचएलले एनसीएचएल–ईसीसी, एनसीएचएल–आईपीएस कनेक्ट आइपीएस ई–भुक्तानी, कनेक्टआरटिजीस र राष्ट्रिय भुक्तान ईन्टरफेस (नपीआई) सञ्चालन गरिरहेको छ। बैंक र वित्तीय संस्थाको साथसाथै यसले भुक्तानी पूर्वाधारहरूमा विभिन्न भुक्तान सेवा प्रदायकहरू र भुक्तानी प्रणाली अपरेटरहरूलाई यसको अप्रत्यक्ष र प्राविधिक सदस्यहरूको रूपमा पहुँच प्रदान गर्दै आएको छ।

कनेक्ट आइपीएस ई–भुक्तानी एक गुणस्तरीय भुक्तानी प्लेटफर्म हो जसले बैंकका ग्राहकलाई उनीहरूको एक वा बढी खाताहरू अनलाईन कारोबारको लागि सिधै बैंक खाताहरू मार्फत प्रक्रिया गरिन्छ। कनेक्ट आइपीएस ग्राहकहरुद्वारा फन्ड ट्रान्सफर र सेवा भुक्तानीको लागि एनसीएचएलको मोबाइल एप र भुक्तानी गेटवे बाट सिधै प्रयोग गरीरहेको छ। कनेक्ट आइपीएस सँग सदस्यको रूपमा नेटवर्कमा ५४ भन्दा बढी बैंक र वित्तीय संस्थाहरू छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .