जनकपुरधाम विमानस्थलको नयाँ टर्मिनल भवन, टावर, सुरक्षाकर्मी आवासगृह, पार्किङ आजदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ।
नयाँ निर्मित संरचनाको पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले मंगलबार उद्घाटन गरेका छन्।
नयाँ टर्मिनल भवन लगायतका संरचना नेपाल सरकारको ४२ करोड रुपैयाँको लागानीमा निर्माण सम्पन्न भएको हो।
यो टर्मिनल भवन स्टील स्ट्रक्चरको र आधुनिक सुविधासहितको रहेको मन्त्री भट्टराईले जनाएका छन्।
उनले सो भवन निर्माणमा सहयोग गर्ने सबैप्रति धन्यवाद पनि दिएका छन्।
प्रतिक्रिया