ad ad

कारोबार


टिभी शृंखला ‘सक्किगो नि’को प्रमुख प्रायोजकमा डाबर रेड पेष्ट

टिभी शृंखला ‘सक्किगो नि’को प्रमुख प्रायोजकमा डाबर रेड पेष्ट

नेपालखबर
मंसिर २५, २०७७ बिहिबार ९:१०,

बहुप्रतीक्षित कमेडी टिभी सिरिज ‘सक्किगो नि’को प्रमुख प्रायोजकमा डाबर रेड टुथपेस्ट अनुबन्धित भएको छ।

प्रत्येक बिहीबार राति ८ः०० बजे हिमालय टिभी एचडीबाट प्रसारण सुरु हुनलागेको ‘डाबर रेड पेष्ट प्रेजेन्ट्स सक्किगोनि’को मार्केटिङ्ग राइट्स होल्डर एडप्याड प्रालि र डाबर नेपालबीच उक्त सम्झौता भएको हो।

उक्त सम्झौता एक वर्षको लागि गरिएको कम्पनीले जनाएको छ। सो सम्झौताले नेपाली मौलिक कार्यक्रमहरुको प्रवद्र्धन र बजारीकरणमा थप सहयोग पुग्ने विश्वास दुवै पक्षले लिएका छन्।

डाबर नेपालका मार्केटिङ प्रमुख अभय गोर्खालीले सक्किगो नि जस्तो चर्चित टिभी सिरिजसँग जोडिन पाउँदा हर्षित भएको बताए।

उनले भने, ‘नेपाली कलाकारिता क्षेत्रसँग जोडिएर यसको प्रवर्द्धनमा टेवा पु¥याउन पाउँदा हामी गर्वान्वित छौँ।’ त्यस्तै एड प्याड प्रालिका अध्यक्ष सुदिप थापाले पनि नेपालको सर्वाधिक बिक्री हुने डाबर रेड पेस्टसँग सक्किगो नि जोड्न पाउँदा उत्साहित भएको बताए।

उनले भने, ‘डाबर रेड पेस्टको यो लगानीले सक्किगो निको प्रोडक्सन क्वालिटी र लोकप्रियता थप उचाइमा पुर्‍याउने निश्चित छ। साथै भविष्यमा अन्य टि.भी. कार्यक्रम र तिनका निर्मातालाई पनि यो सहकार्यको उदाहरणले थप हौसला प्रदान गर्नेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .