ad ad

कारोबार


रोशनीको छलाङः ३८ वर्षमै बनिन् भारतकै सबैभन्दा धनी महिला

रोशनीको छलाङः ३८ वर्षमै बनिन् भारतकै सबैभन्दा धनी महिला

नेपालखबर
मंसिर २८, २०७७ आइतबार ९:२३,

एचसीएल टेक्नोलोजीको प्रमुख कार्यकारी रोशनी नाडर भारतकै सबैभन्दा धनी महिला बनेकी छिन्।

रोशनी भारतकै सबैभन्दा धनी महिला बनेको हुरुन इन्डियाको एउटा सर्भेले जनाएको छ। उनको सम्पत्ति ५ खर्ब ४८ अर्ब ५० करोड भारतीय रुपैयाँ छ।

यो सूचीमा दोस्रो नम्बरमा छिन् बायोकोनकी संस्थापक तथा कम्पनीका प्रबन्धनिर्देशक किरण मजुमदार । उनको कुल सम्पत्ति ३ खर्ब ६६ अर्ब भारु छ ।

मुम्बईमा रहेको फार्मा कम्पनी यूएसभी प्राइभेट लिमिटेडकी लीना गान्धी तिवारी २ खर्ब १३ अर्ब ४० करोड भारुका साथ तेस्रो नम्बरमा छिन् । यो सूचीलाई कोटक वेल्थ र हुरुन इन्डियाले यो वर्षको लागि तयार गरेका हुन् ।

रोशनी ३८ वर्ष मात्र पुगेकी छिन्। उनी सन् २०१९ मा चर्चित म्यागजिन फोर्ब्सको सय विश्वका शक्तिशाली महिला सूचीमा उनी ५४औँ नम्बरमा परेकी थिइन्।

उनी एचसीएलका संस्थापक शिव नाडरकी एक्ली छोरी हुन्। जुलाईमा जब उनलाई कम्पनीको प्रमुख बनाइयो, उनी भारतकै कुनै पनि सूचीकृत आईटी कम्पनीको पहिलो महिला प्रमुख बनिन् ।

हुरुन इन्डिया रिच लिस्ट २०१९ मा उनी भारतकै सबैभन्दा धनी महिलामा सूचीकृत भइन्। रोशनीको स्कुलिङ वसन्त भ्याली स्कुलमा भयो । उनले नर्थवेस्टर्न युनिभर्सिटीमा बाँकी अध्ययन पूरा गरेकी थिइन्। उनले मिडिया क्षेत्रमा पनि काम गरेकी छिन् ।

एचसीएलमा जोडिनुअघि उनले धेरै अरु कम्पनीमा समेत काम गरेकी छिन्। आफ्ना बुबाको आग्रहमा उनले एचसीएलमा काम थालेकी थिइन् ।

एक वर्ष नबित्दै उनी कम्पनीको सीईओ र कार्यकारी निर्देशक बनिन् । रोशनी नाडर सन् २००९ मा २७ वर्षको उमेरमै कम्पनीको सीईओ बनेकी थिइन् । सन् २०१० मा उनले शिखर मल्होत्रासँग बिहे गरिन् । अहिले उनी एचसीएल हेल्थकेयरमा पनि उपप्रमुख हुन् । उनका दुई सन्तान छन् । नवभारत टाइम्सबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .