नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको कामु प्रमुख कार्यकारी अधिकृतमा सुरेशप्रसाद खत्री नियुक्त भएका छन्।
सीईओ भरतबहादुर बस्नेतको पदावधी पुस ५ गतेबाट सकिएपछि नायब प्रमुख कार्यकारी अधिकृत खत्रीलाई कामु सीईओ बनाइएको हो।
पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई कामु सीईओमा नियुक्त गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ।
कम्पनीका सीईओ बस्नेतको पदावधी सकिएपछि उनलाई विदाई गरिएको छ।
प्रतिक्रिया