ad ad

कारोबार


मैत्रीय सहकारीले मनायो १३औँ वार्षिक साधारणसभा

मैत्रीय सहकारीले मनायो १३औँ वार्षिक साधारणसभा

नेपालखबर
पुस १०, २०७७ शुक्रबार ११:७,

मैत्रीय बचत तथा ऋण सहकारी संस्थाको १३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।

भक्तपुरको बालकोटमा सम्पन्न सभाको उद्घाटन गर्दै भक्तपुर बचत तथा ऋण सहकारी संघका निवर्तमान अध्यक्ष राधेश्याम सुवालले सहकारीहरू सरकारको नीति–नियमअनुसार चल्न आवश्यक रहेको बताउँदै सहकारीले वास्तविक बचतकर्ताहरूलाई मद्दत गर्नुपर्ने बताए। पछिल्लो समयमा सहकारी संघसंस्थाहरूले मुलुकमा आर्थिक समृद्धिका लागि ठुलो टेवा पुर्‍याएको उनको भनाइ थियो।

मैत्रीय सहकारीका अध्यक्ष एवम् सभाका सभापति बालमुकुन्द उपाध्यायले सहकारी अभियानले छरिएर रहेका पुँजी, श्रम र सीपलाई एकीकृत गर्दै मुलुकको गरिवी न्युनीकरण र समग्र आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान पु¥याएकोबताए। उनले मैत्रीय सहकारी संस्थाले कोभिडको महामारीमा पनि आफ्ना बचतकर्ताहरूका लागि समर्पित भएर काम गरेको उल्लेख गरे।

संस्थाका सचिव सुमन सिलवालले सहकारी संस्थाको प्रतिवेदन पेश गर्दै छरिएर रहेको पुँजीलाई एकत्रित गर्दै सदस्यहरूलाई उत्पादनशील र व्यवसायिक बनाउन संस्थाले सहयोग गर्दै आएको जिकिर गरे।

त्यस्तै, सहकारी संस्थाको आर्थिक प्रतिवेदन पेश गर्दै कोषाध्यक्ष दिवाकर सिलवालले सहकारी अझै पनि आर्थिक रूपले अगाडि बढ्न सक्ने र सदस्यहरूको आर्थिक समृद्धिका लागि सहयोग गर्न सक्ने प्रशस्त स्थान रहेको बताए। सभामा कोषाध्यक्ष सिलवालले आ.व. ०७६÷७७ को आर्थिक प्रतिवेदन र ०७७/७८ को कार्ययोजना समेत प्रस्तुत गरेका थिए।

सहकारीका उपाध्यक्ष कुवेर श्रेष्ठद्वारा स्वागत मन्तव्य दिइएको कार्यक्रमको सञ्चालन राजेन्द्र पराजुलीले गरेका थिए भने सभामा समाजसेवी तथा सहकारीका सल्लाहकार उद्धव सिलवाल, बालकोट सहकारी संस्थाका प्रतिनिधि जयराज पौडेल, नेपाल रेडक्रस सोसाइटी बालकोट उपशाखाका सभापति चन्द्र श्रेष्ठ लगायतले सभाको सफलताको लागि शुभकामना मन्तव्य दिएका थिए।

मैत्रीय सहकारीले गत आर्थिक वर्षमा करिव २१ करोड बचत संकलन गरी १८ करोड ऋण लगानी गरेको र हालसम्म सहकारीमा २६ सय सदस्य रहेको सञ्चालक नवीन उप्रेतीले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .