ad ad

कारोबार


राइडरको आन्दोलनपछि पठाओले भन्यो : ‘२० प्रतिशत सेवा शुल्क अन्तर्राष्टिय मापदण्डअनुसार’ नै लिइएको हो

राइडरको आन्दोलनपछि पठाओले भन्यो : ‘२० प्रतिशत सेवा शुल्क अन्तर्राष्टिय मापदण्डअनुसार’ नै लिइएको हो

नेपालखबर
पुस १३, २०७७ सोमबार ८:४१,

यात्रु सेवा प्रदायक पठाओले लिँदै आएको सेवाशुल्क अन्तर्राष्ट्रिय मापदण्डअनुसारको नै रहेको बताएको छ। पठाओ राइडरले आफूहरुसँग बढी सेवाशुल्क लिएको भन्दै आन्दोलनमा उत्रिएपछि कम्पनीले तत्काल सेवाशुल्क घटाउन नसक्ने बताएको हो।

पठाओले राइडरसँग २० प्रतिशत सेवा शुल्क र ट्याक्सीतर्फ १५ प्रतिशत सेवा शुल्क लिँदै आएको छ।

पठाओले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै लिफ्ट, गोजेक, ओला ग्राबजस्ता विश्वभर प्रचलित राइडसेयरिङ कम्पनीले २० प्रतिशतसम्म सेवा शुल्क लिएको र राइड सेयरिङ व्यवसायको विश्वव्यापी अगुवा मानिने उवेरले २५ प्रतिशतसम्म सेवाशुल्क लिने गरेको उल्लेख गरेको छ।

कम्पनीले कोभिड १९ को समयमा विश्वमा धेरै राइड सेयरिङ कम्पनी बन्द हुने अवस्थामा समेत पुगेको भन्दै कम्पनी जोगाउनका लागि २० प्रतिशत सेवाशुल्क उपयुक्त भएको बताएको हो।

‘पठाओ एप निरन्तर रुपमा नै लाइभ हुनुपर्ने र प्राविधिक रुपमा सो सञ्चालन गर्न इन्टरनेट तथा ठूलो रुपमा अन्य प्राविधिक तथा प्रशासनिक खर्चको व्यवस्थापन गर्नुपर्ने भएकाले तत्काल कुनै सेवा शुल्क घटाउन नसकिने’ कम्पनीको भनाइ छ।

पठाओ एप सेवा लिने दिने कार्य ग्राहक तथा राइडरको स्वैच्छिक निर्णयले निर्देशित भएको हुँदा कम्पनीले कुनै पनि रुपमा स्थायी वा अन्य स्वरुपमा निरन्तर रोजगारीको ग्यारेन्टी समेत नगरेको उल्लेख गरेको छ।

‘सेवा शुल्क कम गर्दा सेवा सञ्चालनमा नै असर पर्ने हुँदा हाल एपमा सूचीकृत ७५ हजार राइडर तथा पठाओ एममार्फत १२ लाख सेवाग्राहीले पाउँदै आएको सेवा नै अवरुद्ध हुने अवस्था आउन सक्छ’, कम्पनीले भनेको छ ।

राइडरहरुले राखेको कस्टमर केयर नम्बर टोल फ्रि हुनुपर्ने सवालमा पठाओ सकारात्मक रहेको बताएको छ।

राइडरहरुको बीपीजीको कारण हुने सस्पेन्ड हटाउनुपर्ने मागमा हालसम्म पनि कोरोना महामारी यथावत् र सरकारले तोकेको मापदण्ड र ग्राहकहरुको सुरक्षित सेवा उपलब्ध गराउनुपर्ने भएकाले बाध्यात्मक रहेको बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .