ad ad

कारोबार


नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आठ अर्बको आईपीओ माघ २ मा, हात खाली नहुने

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आठ अर्बको आईपीओ माघ २ मा, हात खाली नहुने

नेपालखबर
पुस २१, २०७७ मंगलबार ७:४९,

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले नेपालको पुँजीबजारको इतिहासमै सबैभन्दा ठूलोे ८ अर्बबराबरको सार्वजनिक निष्काशन (आईपीओ) यही आउँदो माघ २ गतेदेखि माघ ६ गतेसम्म ल्याउने भएको छ।

निष्काशनका लागि यसअघि नै निष्काशन कम्पनी नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले एनआईबीएल एस क्यापिटल लिमिटेडलाई आफ्नो बिक्रीप्रबन्धक नियुक्त गरिसकेको छ। कम्पनीका अनुसार यो निष्काशनसम्बन्धी सम्पूर्ण कार्य एनआईबीएल एस क्यापिटल लिमिटेडमार्फत हुनेछ।

जम्मा २० अर्ब चुक्ता पुँजी रहेको यस बैंकको १२ अर्ब संस्थापकहरुबाट चुक्ता भइसकेको छ भने बाँकी रकम यस निष्काशनबाट चुक्ता हुनेछ।

हाल पुँजी बजारको अवस्थालाई अध्ययन गर्दा यो सार्वजनिक निष्काशन (आईपीओ)का लागि आवेदन दिने सबै आवेदकहरुको हात खाली नहुने अनुमान गरिएको छ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको स्थापना बैंक तथा वित्तीय संस्था (बीएफआई), जीवन तथा गैरजीवन बीमा कम्पनी, उद्यमीहरु तथा अन्य निजी क्षेत्रका अग्रणी संस्थाका समूह, तथा नेपाल सरकारको संयुक्त सहभागितामा भएको हो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .