ad ad

कारोबार


यसरी हुन्छ वीरगञ्जबाट लागूऔषध तस्करी

यसरी हुन्छ वीरगञ्जबाट लागूऔषध तस्करी

नेपालखबर
साउन २०, २०७६ सोमबार ६:१७,

प्रहरीले सोमबार बिहानै वीरगञ्जबाट ठूलो परिमाणमा लागूऔषधीय पदार्थ बरामद गरेको छ। भारतीय सहर रक्सोलबाट वीरगञ्जतर्फ आइरहेका एक जनाबाट लागूऔषध इन्जेक्सन नुर्फिम सयवटा, फेनार्गन सयवटा र डाइजेल्याब सयवटा बरामद गरेको हो।

प्रहरी चौकी इनर्वाले भारतीय राज्य विहार थाना गौनाहा भितिअर्वा ५ का २० वर्षीय महन्थ रामलाई पक्राउ गरेको जनाएको छ। उनीविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनले लागूऔषध पेट तथा खुट्टामा बेरेर लुकाई ल्याएका थिए। रक्सोलबाट वीरगञ्जतर्फ पैदल आउनेक्रममा उनी पक्राउ परेका हुन्।

त्यसो त पछिल्लो समय वीरगञ्ज लागूऔषध कारोबारीको मुख्य नाकाजस्तै भएको छ। केही दिनअगाडि पनि प्रहरीले भारत लैजाँदै गर्दा ८९ किलो गाँजा बरामद गरेको थियो। भारतीय नम्बर प्लेटको बीआर२८जी २७७० नम्बरको बोलेरोमा फल्स बटम बनाई गाँजा लगिँदै गर्दा बरामद भएको थियो।

सो क्रममा चार जना भारतीय नागरिक पक्राउ परेका थिए। खासगरी नेपालबाट गाँजा भारततर्फ र भारतबाट अन्य लागूपदार्थ नेपाल भित्रिने गरेको छ।

याे पनि ः भारततर्फ लैजाँदै गरेको ८९ किलो गाँजासहित चार जना पक्राउ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .