पूर्वयुवराज्ञी हिमानी शाहले साउने सोमबार तथा नागपञ्चमी अवसर पारेर पशुपतिनाथको पूजा अर्चना गरेकी छिन्। रातो सारी, रातो टीका र नीलो पोते लगाएर पशुपतिनाथ पुगेकी उनको साथमा छोरी पूर्णिका र छोरा हृदयेन्द्र पनि सँगै थिए। श्रीमान् पारस र कान्छीछोरी कीर्तिका भने त्यहाँ देखिएनन्।
साउनको तेस्रो सोमबार पारेर उनी विशेष पूजाका लागि पशुपति गएकी हुन्। पशुपतिनाथ पुग्नु अघि उनीहरु गुहेश्वरी मन्दिरको दर्शन गरेका थिए।
करिब ४५ मिनेट पशुपतिनाथमा बिताएका उनीहरुलाई सशस्त्र प्रहरीले सुरक्षा दिएको थियो। पूर्व राजपरिवार सदस्य पशुपतिनाथ पुग्दा सर्वसाधारणले फूलसहित स्वागत गरेका थिए।
प्रतिक्रिया