ad ad

कारोबार


बिल गेट्स अमेरिकाकै ठूला जमिनदार, कति छ उनको जमिन?

बिल गेट्स अमेरिकाकै ठूला जमिनदार, कति छ उनको जमिन?

नेपालखबर
माघ ४, २०७७ आइतबार ७:२२,

समाजसेवा र व्यवसायलाई सँगसँगै अघि बढाइरहेका चर्चित अर्बपति बिल गेट्स अमेरिकाकै ठूला जमिनदार रहेका छन्।

उनको खेतीयोग्य जमिन अमेरिकाका १८ राज्यमा फैलिएको एजेन्सीहरुले जनाएका छन्।

प्रविधि क्षेत्रका भए पनि गेट्ससँग २ लाख ४२ हजार एकड जमिन रहेको पछिल्लो एक रिपोर्टले देखाएको हो।

उनी माइक्रोसफ्ट कम्पनीका सीईओ हुन्। फ्लोरिडा, वासिङटनजस्ता सहरमा उनले खेतीयोग्य जमिन जोडेका छन्।

द ल्यान्ड रिपोर्टले उनीसँग भएको खेतीयोग्य जग्गाको स्वामित्वबारे खुलासा गरेको हो।

फोर्ब्सका अनुसार गेट्ससँग १ खर्ब २१ अर्ब अमेरिकी डलरबराबर सम्पत्ति छ। उनको लुजियानामा ६९ लाख ७१ एकड, अर्कान्सासमा ४७ हजार ९ सय २७ एकड र नेब्रास्कामा २० हजार ५ सय ८८ एकड जमिन छ। त्यस्तै फोनिक्स, एरिजोनामा २५ हजार ७ सय ५० एकड ट्रान्जिसनल ल्यान्डमा समेत हिस्सेदारी छ। यसमा अफट फेमिलीको १ लाख ९० हजार एकड र स्टिवार्ट र लिन्डा रेस्निकको १ लाख ९० हजार एकड जमिन समावेश रहेको बताइएको छ।

गेट्स दम्पती (बिल गेट्स र श्रीमती मेलिन्दा) सँग कुल २ लाख ६८ हजार ९ सय ८४ एकड जमिनको स्वामित्व रहेको छ। ल्यान्ड रिपोर्टका अनुसार यसमा रिक्रिएसनल ल्यान्ड १ हजार २ सय ३४ एकड र २५ हजार ७ सय ५० एकड ट्रान्जिसनल ल्यान्ड रहेको छ।

एक एकडमा ४३ हजार ५ सय ६० वर्गफिट र ४ हजार ४६ दशमलव ८६ वर्गमिटर जग्गा हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .