ad ad

कारोबार


यूनाइटेड इन्स्योरेन्स कम्पनीको खुद नाफा दुई करोड २२ लाख

यूनाइटेड इन्स्योरेन्स कम्पनीको खुद नाफा दुई करोड २२ लाख

नेपालखबर
माघ ७, २०७७ बुधबार १५:२४,

यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले रु२ करोड २२ लाख १२, हजार १०२ रुपैयाँ ५३ पैसा खुद नाफा गरेको छ।

कम्पनीको आज सम्पन्न २६ औँ साधारण सभाले कम्पनीको खुद बीमा शुल्क आम्दानी रु.२३ करोड सात लाख ५२ हजार ४२६ रुपैयाँ २० पैसा रहेकोमा जनाएको छ।

कम्पनीको लगानी गत आ.व. को तुलनामा ३.९३ प्रतिशतले बृद्धि भई आषाढ मसान्तमा रु.६९ करोड ८४ लाख ४२ हजार १३१ रुपैयाँ ७४ पैसा पुगेको छ। आ.व. २०७५।०७६ माकम्पनीको कुल कारोबार गत आ.व. २०७४।०७५ को तुलनामा २.२५प्रतिशतले वृद्धि भई रु.४८ करोड ८० लाख ३३ हजार ४४५ रुपैयाँ ६२ पैसा बीमा शुल्कआर्जन गरेको कम्पनीले जनाएको छ।

कम्पनीको २६ औं वार्षिक साधारण सभा बुधबार वेविनारमार्फत होटल हिमालय कुपण्डोल, ललितपुरमा सम्पन्न भएको हो।

सभामा संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५।०७६ को लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७६ साल आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सानहिसाब र नगदप्रभाहविवरण तथा सोसँग सम्बन्धित अनुसूचिहरु पारित गरिएको छ।

कम्पनीले आर्थिक वर्ष २०७६।०७७ का लागि बाह्य लेखा परीक्षक मदन निरौला एण्ड कं चार्टर्ड एकाउण्टेण्टलाई नियुक्त गरेको छ।

कम्पनीको विशेष प्रस्तावअन्तर्गत बीमा समितिको स्वीकृति बमोजिम संस्थापक समूह र सर्व–साधारण समूहको सेयर स्वामित्व संरचना परिवर्तन गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने निर्णय पनि पारित गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .