ad ad

कारोबार


नबिल बैंक र उपाय सर्भिसेस लिमिटेडबीच सम्झौता

नबिल बैंक र उपाय सर्भिसेस लिमिटेडबीच सम्झौता

नेपालखबर
माघ २३, २०७७ शुक्रबार ९:४९,

नबिल बैंक र उपाय सर्भिसेसबीच बैंकको ग्राहकहरुको आवश्यकताअनुसार उपाय प्लेटफर्ममा उपलब्ध विभिन्न सेवाहरु प्रदान गरेर लघु, साना र मझौला उद्यमहरूलाई सहयोग गर्ने सम्झौता भएको छ।

यस रणनीतिक साझेदारी अन्तर्गत, बैंकका लघु, साना र मझौला उद्यमी ग्राहकहरुले कर्जाका लागि आवश्यक प्रारम्भिक कागजात तयार गर्न उपाय सर्भिसेसको सेवा लिने छन्। यसबाहेक, उपायले सार्वजनिक सेवाको बारेमा सजिलो र पारदर्शी समाधान प्रदान गर्नुको साथै बैंकका ग्राहकलाई आवश्कता बमोजिम क्षेत्रगत विशेषज्ञको सेवा उपलब्ध गराउनेछ।

नबिल बैंक, एस.एम.ई तथा लघुबित्त, प्रमुख निरज कुमार बस्नेत (डनिल) तथा उपाय सर्भिसेसका महाप्रबन्धक राजु केसीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

साझेदारीको बारेमा बोल्दै, नबिल बैंक, एस.एम.ई तथा लघुबित्त, प्रमुख निरज कुमार बस्नेत (डनिल) ले भने, ‘नबिल बैंक लघु, साना तथा मझौला उद्यमीहरुलाई वित्तीय पहुँचमा बृद्धि तथा समग्र अर्थतन्त्रको विकासको गर्नका लागि विभिन्न सुविधाहरू र सेवाहरू उपलब्ध गराउन सधैं अग्रसर रहेको छ। हामी हाम्रो ग्राहकहरु र बैंकको दिगो विकासको लागि लघु, साना तथा मझौला उद्यमीहरुलाई उचित वित्तीय कारोबार अभ्यासको अनुसरण गर्न र देशको कानून र नियमनको पालना गर्न मद्दत गर्दै आएका छौ। हामीलाई आशा छ कि यो साझेदारीले लघु, साना तथा मझौला उद्यमीहरुको वित्तीय व्यवस्थापनमा हालको अन्तर पूर्ण गर्न मद्दत पु-याउँछ।’

‘नबिल बैंक लिमिटेडसँगको सहकार्य निकै फलदायी भएको छ, उपाय सर्भिसेसका महाप्रबन्धक राजु केसीले भने।

उनी थप भन्छन्, ‘उपायले कर्जा सम्बन्धी सेवाहरू बाहेक वित्तीय व्यवस्थापन, कानूनी, कर र व्यवस्थापन सम्बन्धी परामर्शमा व्यावसायिक सेवा प्रदान गरेर बैंकका विभिन्न ग्राहकहरूलाई मार्गदर्शन र मद्दत गर्न सक्षम भएको छ। बैंकका १००ं भन्दा बढी ग्राहकहरू उपाय सर्भिसेसबाट आजसम्म सेवाहरू उपयोग गरेर लाभान्वितभएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .