ad ad

राजनीति


बैतडीमा ओली पक्ष र कांग्रेस कार्यकर्ताबीच झडप, दुई जना घाइते

बैतडीमा ओली पक्ष र कांग्रेस कार्यकर्ताबीच झडप, दुई जना घाइते

गोकुल जोशी
फागुन ४, २०७७ मंगलबार ११:४०,

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बैतडीमा आयोजना गरेको विरोध सभामा झडप भएको छ।

जिल्लाको डिलासैनी गाउँपालिका–३ पनसेरामा कांग्रेस बैतडीले प्रतिनिधि सभा विघटनको विरोधमा आयोजना गरेको विरोध सभामा नेकपाको ओली पक्ष र कांग्रेस पक्षबीच झडप भएको हो।

प्रहरीका अनुसार झडपमा परी दुई जना घाइते भएका छन्। कांग्रेसको विरोध सभा बिथोल्न नेकपा ओली पक्षका कार्यकर्ताले ढुंगामुढा गर्दा झडपको अवस्था सिर्जना भएको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले अहिले अवस्था नियन्त्रणमा आएको जानकारी दिए। बैतडीका डीएसपी नारायणप्रसाद अधिकारी झडप भएको कांग्रेसको विरोध कार्यक्रमस्थलमा पुगेका छन्।

विरोध सभामा कांग्रेस नेता एनपी साउद, डिला संग्रौला, नैनसिंह महर लगायत नेताले बोल्ने कार्यक्रम थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .