ad ad

कारोबार


प्रभु बैंकद्वारा वित्तीय साक्षरता अन्तर्गत विद्यार्थीलाई बैंकिङ ज्ञान

प्रभु बैंकद्वारा वित्तीय साक्षरता अन्तर्गत विद्यार्थीलाई बैंकिङ ज्ञान

नेपालखबर
फागुन २३, २०७७ आइतबार १५:३,

प्रभु बैंक लि.ले सिन्धुपाल्चोकको तालमराङ गाउँपालिकाका दुई विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई बैंकिङ ज्ञान प्रदान गरेको छ।

जिल्लाको तेर्षे माध्यमिक र बतासे माध्यमिक विद्यालयमा कक्षा ७, ८ र ९ मा अध्ययनरत ५० जना विद्यार्थीहरुले बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा अवलोकन भ्रमण गरी बैंकिङ साक्षरता-ज्ञान हासिल प्राप्त गरेका छन्।

बैंकको प्रधान कार्यालय र बैंकबाट सञ्चालन-सम्पादन हुने विभिन्न क्रियाकलापहरुको अवलोकन तथा अध्ययनका लागि ५० जनाको संख्यामा आएका विद्यार्थीहरुलाई विभिन्न ५ समूहमा विभाजन गरी बैंकको प्रधान कार्यालय बबरमहल अन्तर्गतका विभिन्न विभागहरुको स्थलगत अवलोकन र विभागीय प्रमुखहरुसँग साक्षात्कार गराइएको थियो।

स्थलगत अवलोकको समापन समारोहमा विद्यार्थीहरुसँग अन्तर्क्रिया गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बैंक र बैंकद्धारा सम्पादन हुने सबै किसिमका कार्यहरुका बारेमा विद्यार्थीहरुले बुझ्ने गरी प्रकाश पारेका थिए।

बैंकका ब्राण्ड एम्बेस्डर एवं चर्चित गायक-कलाकार प्रकाश सपुतको उपस्थिति रहेको कार्यक्रमा प्रमुख कार्यकारी अधिकृतले सहभागी विद्यार्थीहरुलाई कापी, कलम लगायतका शैक्षिक सामाग्रीहरु समेत प्रदान गरेका थिए। उक्त अवसरमा विद्यार्थीहरुले प्रमुख कार्यकारी अधिकृत समक्ष विभिन्न किसिमका बैंकिङ तथा वित्तीय जिज्ञाशाहरु समेत राखेका थिए।

प्रभु बैंक लिमिटेडले विभिन्न सामाजिक क्रियाकलापहरुमा सहभागी हुँदै सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याउँदै नेपालको शिक्षा क्षेत्रमा समेत आर्थिक, शैक्षिक लगायतको सहयोग उपलब्ध गराउँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .