ad ad

कारोबार


राष्ट्रिय वाणिज्य बैंक र संसद सचिवालयबीच सरल कर्जा प्रवाह सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र संसद सचिवालयबीच सरल कर्जा प्रवाह सम्झौता

नेपालखबर
चैत ६, २०७७ शुक्रबार ९:४२,

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र संघीय संसद सचिवालय बीच सचिवालयका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ।

सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र संघीय संसद सचिवालयका प्रशासन महाशाखा प्रमुख सहसचिव डा. रोजनाथ पाण्डेले हस्ताक्षर गरेका छन्।

उक्त सम्झौता भएपश्चात् संसद सचिवालयमा कार्यरत तोकिएको सेवाअवधि पूरा गरेका कर्मचारीहरुलाई सचिवालयको सिफारिसमा अधिकतम पन्ध्र लाख रुपैयाँसम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही बैंकले पेशाकर्मी सरल कर्जा प्रवाह गर्नेछ।

बैंकले आधार दरमा प्रिमियम जोडी ब्याजदर कायम गरी कर्जा लगानी गर्नेछ। हाल बैंकको आधार दर ५.६१ प्रतिशत रहेको छ। सम्झौताअनुसार सचिवालयका कर्मचारीहरुको तलबी खाता बैंकले सञ्चालन गर्नेछ। यस सम्झौतापश्चात् दुवै पक्ष लाभान्वित हुने विश्वास गरिएको छ।

संघीय संसद सचिवालय कर्मचारी युनियनका अध्यक्ष नमराज नगरकोटीको सभापतित्वमा सम्पन्न कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, विभागीय प्रमुखहरु, सिंहदरबार परिसर शाखाका शाखा प्रबन्धक रोविन घिमिरे, सचिवालयका तर्फबाट प्रमुख लेखा नियन्त्रक उपसचिव बसन्तराज सिग्देल लगायत बरिष्ठ कर्मचारीहरुको उपस्थिति रहेको थियो।

बैंकको हाल ७७ जिल्लामा २४७ वटा शाखा कार्यालय, २०५ वटा एटीएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .