ad ad

राजनीति


महान्यायाधिवक्तामा अधिवक्ता बडालको नाम सिफारिस, आइतबार बिहान ११ बजे शपथ

महान्यायाधिवक्तामा अधिवक्ता बडालको नाम सिफारिस, आइतबार बिहान ११ बजे शपथ

नेपालखबर
चैत ६, २०७७ शुक्रबार ९:३९,

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलको राजीनामासँगै सरकारले नयाँ महान्यायाधिवक्तमा अधिवक्ता रमेश बडालको नाम सिफारिस गरेको छ।

शुक्रबार दिउँसो महान्यायाधिवक्ताको कार्यालयमा पत्रकार सम्मेलन गर्दै खरेलले पदबाट राजीनामा दिएको घोषणा गरेका थिए। खरेलको राजीनामापछि सरकारले अधिवक्ता बडालको नाम सिफारिस गरेको हो।

अधिवक्ता बडालले आफ्नो नाम महान्यायाधिवक्तमा सिफारिस भएको खबर आएको बताए। उनले आफूलाई आइतबार बिहान ११ बजे शपथग्रहणका लागि बोलाइएको बताए।

‘नाम सिफारिस भएको खबर आएको छ’, नेपालखबरसँग बडालले भने, ‘पर्सि (आइतबार) बिहान ११ बजे शपथग्रहणका लागि बोलाइएको छ।’

उनी एमालेनिकट ट्रेड युनियन जिफन्टका उपाध्यक्षसमेत हुन्।

नेपालको संविधान २०७२ को धारा १५७ (२) मा प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने व्यवस्था छ।

यो पनि: 
किन दिए महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा? (पूर्णपाठ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .