गेम डेभलपमेन्ट कम्पनी एस्ट्रिक टेक्नोलोजीले एक टेक्स्ट बेस्ड अनलाइन मल्टिप्लेयर रोल प्लेइङ गेम वर्ल्ड वार ४–एन्डगेम्स सार्वजनिक हुने मिति तोकेको छ।
यसलाई एन्ड्रोइड प्लेटफर्ममा गुगल प्लेस्टोरमार्फत आगामी अप्रिल ४ मा लन्च गरिने भएको छ।
यस गेममा २०३० को समयको परिकल्पना गरिएको छ, जुनबेला तेस्रो विश्वयुद्ध सकिसकेको हुन्छ र जहाँ युद्धले मानव जातिमा नराम्रो प्रभाव परिसकेको हुन्छ र मानवता नै हराउने अवस्थामा पुगिसकेको हुन्छ।
त्यस अवस्थामा विश्वमा केबल ८ शक्तिशाली राष्ट्रको परिकल्पना गरिएको छ जसमा अमेरिका, बेलायत, संयुक्त यूरोप, संयुक्त मिडल इस्ट, चीन, भारत, जापान र रुस छन। र उनीहरु प्नि अझै संयुक्त सरकारको लागि लडिरहेका छन्।
गेममा खेलाडीले एक विश्व युद्धमा बाँचेका व्यक्तिको भूमिका निर्वाह गर्नुपर्नेछ जहाँ उसले प्रत्येक ४ घण्टामा एक पटक काम गर्न पाउनेछ, प्रत्येक २ घण्टामा एक पटक तालिम लिन पाउनेछ।
गेममा व्यापारी, सेना, श्रमिक र राजनीतिज्ञ गरी ४ करियर मोड उपलब्ध छ। खेलाडीले हरेक ७ दिनमा फरक फरक करियर छनौट गर्न पाउनेछन्।
खेलाडीले कच्चापदार्थ उत्पादन गर्न, विभिन्न वस्तु उत्पादन गर्न, आयातनिर्यात गर्न, सेयर बजारमा लगानी गर्न, शक्ति तथा हतियार संकलन गर्ने र अन्ततः सम्पूर्ण विश्वमा आफ्नो मुलुकको प्रभुत्व स्थापना गर्न लड्नुपर्नेछ।
बाँकी रहेका ८ शक्ति राष्ट्र पनि आफ्ना सबै स्रोतहरु प्रयोग गरी एक अर्का माथि आफ्नो अधिन जमाउने कोसिसमा हुनेछन्, र खेलाडिले डुम्सडे (प्रलयको दिन) टिकेर विस्तारै सकिँदै गएको महसुस गर्नेछन्, र गेम सो दिनतर्फ अघि बढेसँगै, खेलाडीसँग एक आपसमा संगठित हुने बाहेक केही विकल्प बाँकी रहनेछैन।
सबैजना आफ्नो जीवनको लागि संघर्ष गरिरहेको बेला पृथ्वीलाई केही ‘अज्ञात प्रजाति’ ले हमला गर्नेछन् जसले मानवताको अन्त्यको सुरुवातलाई ट्रिगर गर्दछ।
यो गेम निःशुल्क खेल्न पाइनेछ तर विभिन्न चरित्रको पहिरनका लागि केही इन एप पर्चेजहरु छन्। यद्यपि यसमा पैसा तिरेर गोल्ड खरिद गर्न पाइनेछैन जसले गर्दा पैसा तिर्नेहरुले मात्र यो खेल जित्न सक्छन् भन्ने मान्यतालाई झूठो सावित गर्नेछ।
प्रतिक्रिया