ad ad

कारोबार


क्लासिक टेकका ग्राहकलाई नेशनल अस्पतालमा विशेष छुट

क्लासिक टेकका ग्राहकलाई नेशनल अस्पतालमा विशेष छुट

नेपालखबर
चैत १७, २०७७ मंगलबार ११:५५,

नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेक र नेशनल अस्पतालबीच क्लासिक टेकका ग्राहकहरुलाई सेवामा छुट दिने सम्झौता भएको छ।

सम्झौतापछि क्लासिक टेकका कर्मचारीहरु र ग्राहकहरुलाई नेशनल अस्पताल कलंकीमा गरिने औषधि उपचारमा १५ देखि २० प्रतिशतसम्मको छुट प्राप्त हुनेछ। यसमा मेडिकल, ल्याप परीक्षणहरु, तथा अस्पतालको बिरामी बेडको शुल्कमा ग्राहक तथा कर्मचारीहरुले छुट प्राप्त गर्नेछन्।

क्लासिक टेकले नेपालमै पहिलो पटक आफ्ना इन्टरनेट सेवाका ग्राहकहरुको स्वास्थ्यलाई ध्यानमा राखेर इन्टरनेट सेवा प्रदायक कम्पनीको तर्फबाट यो सम्झौता गरेको हो।

सो सम्झौतामा नेशनल अस्पतालका तर्फबाट अस्पताल प्रबन्धक कमल प्रसाद गजुरेल तथा क्लासिक टेकका कलंकी ब्रान्च म्यानेजर अमृत राज वैद्यले हस्ताक्षर गरेका छन्।

अस्पतालका प्रशासकीय अधिकृत किशोर सुवेदीकाअनुसार सम्झौतासँगै क्लासिक टेकका ग्राहक तथा कर्मचारी सबैले अन्य विभिन्न सेवाहरु समेत प्राप्त गर्न सक्नेछन्।

सो सेवा लिनका लागि कम्पनीका कर्मचारीहरुले क्लासिक टेकको आफ्नो परिचय पत्र देखाउनुपर्नेछ भने ग्राहकहरुको हकमा मोबाइल एप वा बिल भुक्तानी भएको प्रमाण पेश गर्नुपर्नेछ।

इन्टरनेट प्रयोगकर्ता र इन्टरनेट सेवा प्रदायक कम्पनीबीचमा एउटा विश्वास अनि सुमधुर सम्बन्ध बनाउने उद्देश्यका साथ कम्पनी अगाडि बढिरहेको कम्पनीले जनाएको छ। इन्टरनेट व्यावसायलाई केवल व्यापारिक दृष्टिकोणले मात्र नभई सामाजिक रुपान्तरणको प्रमुख साधनको रुपमा अघि बढाउने उद्देश्य क्लासिकटेकले लिएको छ।

क्लासिकटेकले आफ्नो सेवा, सुबिधाका साथ साथै आफ्ना ग्राहकको स्वास्थलाई पनि बिशेष ध्यान दिइ यो सम्झौता गरिएको हो र यसले इन्टरनेट प्रयोगकर्ता र इन्टरनेट सेवा प्रदायक कम्पनीबीच सुमधुर अनि सुदृढ सम्बन्ध बनाउने विश्वास कम्पनिले राखेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .