ad ad

कारोबार


जनरल इन्स्योरेन्सका सञ्चालक दिपेन्द्र अग्रवाल निलम्बनमा

जनरल इन्स्योरेन्सका सञ्चालक दिपेन्द्र अग्रवाल निलम्बनमा

नेपालखबर
बैशाख ५, २०७८ आइतबार ११:३,

जनरल इन्स्योरेन्सका सञ्चालक दिपेन्द्र अग्रवाल निलम्बनमा परेका छन्।

सेयरबजारमा चलखेल गरेको भन्दै जनरल इन्स्योरेन्सका सञ्चालक अग्रवाललाई बीमा समितिले निलम्बन गरेको हो।

बीमा समितिले अग्रवाललाई सञ्चालक पदबाट शुक्रबार नै निलम्बन गरेको पत्र पठाएको पाइएको छ।

समितिले गरेको अध्ययनले जनरल इन्स्योरेन्स कम्पनीका सञ्चालक रहेका दिपेन्द्र अग्रवालले कम्पनीको सेयर मूल्य बढाउन चलखेल गरको देखिएको हो।

बीमा समितिले जनरल इन्स्योरेन्सलाई पठाएको पत्रमा भनिएको छ, ‘बीमा कम्पनीले कुल टेक्निकल रिजर्भको १० प्रतिशतभन्दा कम नेप्सेमा सूचीकृत कम्पनीको साधारण सेयरमा लगानी गर्न पाउने व्यवस्था गरेको छ। तर, जनरल इन्स्योरेन्सले १५५ प्रतिशतसम्म लगानी गरेको छ। बीमा समितिको स्थलगत सुपरिवेक्षणमा अग्रवालले लगानी समितिको संयोजकको हिसाबले पदको दुरुपयोग गरेर व्यक्तिगत फाइदा निकालेको देखिएको हो।’

उक्त बीमा कमपनीका लगानी समितिको संयोजक अग्रवाल हुन्।

आफ्ना प्रवर्द्धक कम्पनीको सेयर खरिद बीमा कम्पनीले किन्न नमिल्ने कानुनी व्यवस्था छ। त्योविपरीत जनरल इन्स्योरेन्सले सिभिल बैंक तथा गोर्खाज फाइनान्सको सेयर खरिद गरेको समितिको अध्ययनले देखाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .