ad ad

समाज


उपत्यकामा ४३५ सहित १०९६ संक्रमित थपिए

उपत्यकामा ४३५ सहित १०९६ संक्रमित थपिए

नेपालखबर
बैशाख ५, २०७८ आइतबार १०:५३,

गएको २४ घण्टामा नेपालमा एक हजार ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले १०९६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।

पाँच हजार ८४ जनाको पीसीआर परीक्षण गर्दा १०१५ जनामा संक्रमण देखिएको हो भने ८५३ जनाको एन्टिजेन परक्षिणका क्रममा ८१ जनामा संक्रमण देखिएको डा. गौतमले बताए।

काठमाडौं उपत्यकामा आज ४३५ जना संक्रमित देखिएका छन्, जसमध्ये काठमाडौंमा ३२६, ललितपुरमा ६४ र भक्तपुरमा ४५ जनामा संक्रमण देखिएको छ।

मन्त्रालयका अनुसार आज कोरोना संक्रमणम मुक्त भएर २६२ जना डिस्चार्ज भएका छन्।

नेपालमा आज १४६ जना आईसीयूमा उपचाररत छन् भने ९६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

यस्तै, मन्त्रालयले पाँच वर्ष मुनिका बालबालिकालाई कोरोना संक्रमणको जोखिम शून्य हुन्छ भन्ने एक चिकित्सकको भनाइप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

मन्त्रालयका अनुसार हालसम्म पाँच वर्ष मुनिका तीन हजार पाँच सय ६५ जना बालबालिका संक्रमित भइसकेका छन्। आज ५१ बालबालिका सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ।

हालसम्म पाँच वर्ष मुनिका १० बालबालिकाको मृत्यु भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .