निःशुल्क र सहज सञ्चारका लागि विश्वकै अग्रणी एपहरुमध्येको एक भाइबरले हालैमात्र ‘ब्याटल अफ क्रिकेट’ नामक च्याटबट सुरु गरेको छ।
यो च्याटबटले क्रिकेट प्रेमी प्रयोगकर्ताहरुलाई क्रिकेट खेलहरुसँग सम्बन्धित विषयमा एक आपसमा अन्तरक्रिया गर्न, रमाइला कुराकानी गर्न र रोमाञ्चक उपहारहरु जित्ने अवसर दिनेछ।
यो सिजनमा केही क्रिकेट प्रतियोगिताहरु रद्द हुनाले क्रिकेट प्रेमीहरुलाई ठूलो निराश बनाएको छ। तर, भाइबरले प्रयोगकर्ताहरुको मनोदशालाई महसुस गरेको जनाएको छ र उनीहरुलाई क्रिकेटले कति अर्थ राख्छ भन्ने बुझेको छ। सोही कुरालाई मनन गरेर भाइबरले यो क्रिकेट च्याटबट प्रस्तुत गरेको छ ताकि क्रिकेटका प्रशंसकहरुले त्यस्तो वातावरणको अनुभव गर्न सकुन् र नङ नै टोक्ने खालको क्षणहरुको आनन्द लिन सकुन्।
त्यहाँ धेरै यस्ता क्रिकेटका दिवानाहरु छन् जो क्रिकेटको कुरा आउँदा कुनै पनि हदसम्म जान तयार हुन्छन्। ‘क्रिकेट’ शब्दले नै उनीहरुलाई उत्साहित गराउँछ र कुनै क्रिकेट खेल हुँदा उनीहरुले सामाजिक सञ्जालका साइटहरु र अन्य तत्काल मेसेजिङ मञ्चहरुमा त्यस खेलको एक एक विवरण र प्रतियोगिताको भविष्यवाणी गरी व्यापक बनाउँछन्।
त्यस्तै मनस्थितिहरुलाई सम्बोधन गर्न भाइबरले क्रिकेट प्रतियोगिताहरुसँग सम्बन्धित विषयहरुका बारेमा प्रयोगकर्ताहरुले स्कोर आंकलन गर्नका लागि हालसालै क्रिकेट च्याटबट सुरु गरेको छ। यो विशेषतालाई नेपाल, बंगलादेश र श्रीलंकाका प्रयोगकर्ताहरुले प्रयोग गर्न सक्नेछन्।
प्रयोगकर्ताहरुले स्कोर आंकलन गर्न सक्ने मात्र नभई उपहार पनि जित्न सक्नेछन्। यसका साथै, भाइबरले पूर्वक्रिकेटरहरु हबिबुल बशार सुमन र शह्रृयर नफीस, जो उनीहरुको अद्वितीय करियर र क्रिकेटको लागि माहिर मानिने हुनाले परीचित छन्, उनीहरुले कुनै पनि खेल अगावै आफ्नो विशेषज्ञता अनुरुपको स्कोरको आंकलन दिन उनीहरुलाई आबद्ध गरेको छ।
च्याटबटका प्रयोगकर्ताहरुले हबिबुल र शह्रृयर दुवैजनाबाट स्कोर अनुमान प्राप्त गर्ने मौका पाउनेछन्, जसले उनीहरुको आफ्नो दक्षता र विज्ञता प्रयोग गरेर स्कोर आंकलन तथा आउँदो खेलहरुका बारेमा चर्चा गर्नेछन्, साथै विशेष सामग्रीहरुका साथ उपस्थित हुनेछन्। उनीहरुले सबै खेलहरुमा दिएको मन्तव्यहरुलाई च्याटबटमा पोस्ट पनि गरिनेछन्।
राकुटेन भाइबर एप्याकका सिनियर डाइरेक्टर डेभिड चेले भने, ‘हामी सधैँ हाम्रा प्रयोगकर्ताहरुका लागि केही नवीनता प्रदान गर्न चाहन्छौं, ताकि उनीहरुले हाम्रो प्लेटफर्मको धेरै उपयोग गर्न सकुन्। यो नयाँ क्रिकेट च्याटबटले प्रयोगकर्ताहरुलाई क्रिकेटसँग सम्बद्ध उनीहरुको चलाखीपन प्रस्तुत गर्ने मौका दिन्छ र हरेक चालको भविष्यवाणी गरेर उनीहरु भित्रको सोच्ने प्रक्रियाको परिणाम उजागर गरिदिन्छ।’
भाइबर प्रयोगकर्ताहरुलाई सही भविष्यवाणीका लागि उपहार जित्ने मौका पनि प्राप्त हुनेछ। जसले सही जवाफको आंकलन गर्नेछ, उसले दैनिक रुपमा उपहारहरु र अंकहरु बटुल्नेछ। यसरी प्राप्त गरेको अंकको आधारमा भाइबरले विजेता सूची निर्माण गर्नेछ।
हरेक आइतबार, विजेता सूचीको शीर्ष ३ मा रहेका प्रयोकगर्ताहरुले साप्ताहिक उपहारहरु प्राप्त गर्नेछन्। इच्छुक प्रयोगकर्ताहरुले यसलाई भाइबरको स्वामित्वको भुक्तान गरिएको स्टिकर प्याक र भाइबर आउट क्रेडिटहरु पनि प्राप्त गर्न सक्नेछन्, जसलाई उनीहरुले कोडहरु प्रयोग गरेर विनिमय गर्न सक्छन्।
प्रतिक्रिया