ad ad

समाज


यो वर्ष सगरमाथा चढ्नेको संख्या उच्च, ३९४ ले पाए अनुमति

यो वर्ष सगरमाथा चढ्नेको संख्या उच्च, ३९४ ले पाए अनुमति

नेपालखबर
बैशाख १०, २०७८ शुक्रबार १२:३५,

विगतका वर्षभन्दा यो वर्ष सगरमाथा आरोहणका लागि धेरैले अनुमति लिएका छन्।

पर्यटन विभागले सन् २०२१ को वसन्त ऋतुमा ३ सय ९४ जनालाई अनुमति दिएको हो।

सन् २०२० मा कोरोना महामारीका कारण शून्य रहेको संख्या यो वर्ष बढेको छ।

उक्त संख्या एउटै सिजनमा हालसम्मकै बढी हो वा होइन भन्ने विभागकै कर्मचारीले पुष्टि गर्न सकेनन्।

विभागले सन् २०१९ को वसन्त ऋतुमा सगरमाथा आरोहणको लागि ३ सय ८१ जनालाई अनुमति दिएको थियो।

उक्त वर्ष सगरमाथामा आरोहीको संख्या बढी भएको तस्बिर अन्तर्राष्ट्रिय मिडियामा भाइरल भएको थियो।

त्यसैगरी २०१८ को वसन्त ऋतुमा ३ सय ४६ जनालाई विभागले आरोहण अनुमति दिएको थियो भने २०१७ मा ३ सय ६६ जनाले सगरमाथा आरोहणको अनुमति पाएका थिए।

विभागले सगरमाथा आरोहणलाई व्यवस्थित गर्नको लागि अहिले कोटा सिस्टम सुरु गरेको छ। विभागले अनुमतिपत्र संख्याको आधारमा वा एजेन्सीको अपसी समझदारीमा १५० देखि १७० जनासम्मले मात्रै एकपटकमा हिमाल आरोहण गर्न पाउने भएका छन्।

विभागले यो वर्ष ३ सय ९४ जना सगरमाथा आरोहीबाट ४७ करोड ७७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।

विभागले वसन्त ऋतुमा १६ वटा हिमाल आरोहणका लागि अनुमति दिएको छ। हालसम्म ६ सय ८९ जनाले नेपालस्थित हिमाल आरोहणका लागि अनुमति पाइसकेका छन्।

mt eve2021a

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .