ad ad

कारोबार


अत्यावश्यक सेवामा खटिएका सवारी साधनलाई सेवा पुर्‍याउँदै सिप्रदी

अत्यावश्यक सेवामा खटिएका सवारी साधनलाई सेवा पुर्‍याउँदै सिप्रदी

नेपालखबर
जेठ २१, २०७८ शुक्रबार ९:२७,

सिप्रदीले निषेधाज्ञाको समयमा सुरक्षा तथा आकस्मिक स्वास्थ्य सेवा, खाद्यान्न, तरकारी, ग्यास, पानी, वित्तीय कारोबारमा संलग्न, तथा फोहोर व्यवस्थापनमा खटिएका सवारी साधनलाई सेवा पुर्‍याइरहेको छ।

दुई हजार चार सयवटा भन्दा बढी सवारीसाधनहरुलाई सिप्रदीले गाडी मर्मत सेवा तथा सवारी साधनसँग सम्बन्धित सम्पूर्ण परामर्श प्रदान गर्दै आईरहेको जानकारी दिएको छ।

कोरोना संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा लगाइएको समयमा राष्ट्रको स्वास्थ्य, सुरक्षा तथा अत्यावश्यक सामग्री दुवानी गर्ने सवारी साधनहरुलाई सिप्रदीले सेवा पुर्याउँदै आइरहेको छ।

हालसम्म खाद्यान्न, तरकारी, ग्यास, पानी, वित्तीय कारोबारमा संलग्नित, फोहोर व्यवस्थापन, सुरक्षा तथा आकस्मिक स्वास्थ्य सेवामा खटिएका २४ सय वटा भन्दा बढी सवारीसाधनहरुलाई पूर्ण सेवा प्रदान गर्दै आईरहेको कम्पनीले जनाएको छ।

आफ्ना ग्राहक, कर्मचारी, डिलर, रिटेलर, प्राविधिक र समुदायको सुरक्षाका निम्ति सदैव सजग रहँदै आएको र जस्तोसुकै विषम परिस्थितिमा सेवा प्रदान गर्ने प्रतिबद्धता अनुरुप सेवा प्रदान गर्न तत्पर रहेको कम्पनीले जनाएको छ।

नेपाल सरकारद्वारा जारी गरिएका स्वास्थ्य र सुरक्षासम्बन्धी सम्पूर्ण नियम पालना गरी कम्पनीले आधिकारीक बिक्रेता, सेवा केन्द्रहरु, सहकर्मी तथा कर्मचारीहरुको अथक साथले २४सै घण्टा अग्रभागमा खटिरहेका राष्ट्रका सेवकहरुलाई सेवा दिन तयार रहेको पनि जानकारी गराएको छ।

यसको साथै यस विषम परिस्थितिमा सिप्रदीले २४ विभिन्न स्थानबाट सेवाका लागि डेडिकेटेड अधिकारीहरू परिचालित गरेको र कुनै पनि ठाउँमा गाडी मर्मत, पार्टपुर्जा, ईन्जिन आयल वा ब्याट्री सम्बन्धी सेवा चाहिएमा सिप्रदीको टोल फ्री नम्बर १६६००१५५७७७ वा ९८०१५७५७७७ मा सम्पर्क गर्न अनुरोध गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .