ad ad

कारोबार


नेपाल–भारत पेट्रोलियम पाइपलाइन आगामी २४ गते उद्घाटन हुने

नेपाल–भारत पेट्रोलियम पाइपलाइन आगामी २४ गते उद्घाटन हुने

नेपालखबर
भदौ १७, २०७६ मंगलबार १०:५,

नेपाल–भारत पेट्रोलियम पाइपलाइन आगामी २४ गते उद्घाटन हुने भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार पाइपलाइन उद्घाटन दुवै देशका प्रधानमन्त्रीले आआफ्नो देशमा स्विच थिचेर गर्नेछन्।

मध्याह्न १२ः१५ बजे पाइपलाइन उद्घाटन समय तय गरिएको मन्त्रालयले जनाएको छ। उद्घाटनको प्रत्यक्षप्रसारणमार्फत अमलेखगञ्ज डिपो, भारतको मोतीहारी डिपो र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय समेत जोडिने बताइएको छ। उद्घाटनसँगै पाइपको तेल दुई देशका प्रधानमन्त्रीले स्विच अन गरी अम्लेखगञ्ज डिपोमा खसालिनेछ।

यसअघि नै पाइपलाइनको सफल परीक्षण भइसकेको छ। नेपालतर्फ ३७.२५ र भारततर्फ पाइपलाइनले ३२.६५ किमि लम्बाइ समेटेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .