काठमाडौंको नागार्जुनमा एक समुहले धारिलो हतियार प्रहार गरी युवकको हत्या गरेका छन्।
हतियार प्रहारबाट गम्भीर घाइते भएका नागार्जुन नगरपालिका–५ का २५ वर्षीय आकाश बस्नेतको उपचारका क्रममा सोमबार मृत्यु भएको हो।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरुमा नागार्जुननगरपालिका–४ सितापाईला शरणपुर बस्ने सुर्खेतको बिरेन्द्रनगरनगरपालिका–१ बाङ्गेसिमलका १९ वर्षीय हिमांशु क्षेत्री, धादिङ्गको गजुरी गाउँपालिका–२ का २० वर्षीय साकार भन्ने सागर तामाङ र दोलखाको मेलुङ्ग गाउँपालिका–५ डाँडाखर्कका २३ वर्षीय सरोज भन्ने सुवास श्रेष्ठ (बुलेट) रहेका छन्।
उनीहरुबीच सोमबार साँझ शरणपुरचोक स्थित सितापाईला–धादिङ्ग सडक खण्डमा सामान्य झगडाका क्रममा बस्नेतमाथि हतियार प्रहार भएको थियो।
प्रतिक्रिया