ad ad

कारोबार


एलजीको तीनवटा नयाँ टिभी बजारमा, मूल्य आठ लाखसम्म पर्ने

एलजीको तीनवटा नयाँ टिभी बजारमा, मूल्य आठ लाखसम्म पर्ने

नेपालखबर
भदौ १७, २०७६ मंगलबार ११:१७,

एलजी टिभीको नेपालको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले तीनवटा नयाँ टिभी सेट नेपाली बजारमा सार्वजनिक गरेको छ। आज मंगलबार सानेपास्थित भिभान्ता होटलमा एक कार्यक्रम गर्दै कम्पनीले एसएम ८१ सिरिज, यूएम ७३÷७६ सिरिज र ओलेड सी ९ सार्वजनिक गरेको हो।

ओलेड टिभी सबैभन्दा नवीन टीभी रहेको कम्पनीले जानकारी गराएको छ। यसको मोटाइ ५.३३ मिलिमिटर रहेको छ। यसको अग्रिम प्रविधिले यसलाई नपत्याउने गरी हलुको र पातलो बनाएको कम्पनीके दाबी छ।

nirvan tv 4

यसको विशेषताहरुले प्रयोगकर्ताले भिन्नै अनुभव दिन्छ र बेग्लै चित्र प्रदान गर्नेछ। यसको नयाँ बनोटले एउटा कलाको प्रदर्शन गरेको छ। टिभीका विशेषताहरुमा एलजी एएल थिन क्यू रहेको छ। यसले गुगल एसिस्टमेन्ट र अमेजन एलेक्सा जस्तो सुविधा दिने कम्पनीको भनाइ छ।

lg tv oled

टिभी सार्वजनिक गर्दै सिजी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नयाँ प्रविधिको टिभी बजारमा आएको बताए। उनले ओलेड टिभी र एलजीको स्मार्ट रिमोटको प्रयोगले दर्शकहरुलाई नयाँपन दिने जानकारी दिए। नेपाली उपभोक्ताको माग र विश्व प्रविधिअनुसार सिजी अघि बढ्ने उनले प्रष्ट्याए।

nirvan tv 1

यसमा चार हजार सक्रिय एचडीआर पनि रहेकोले दृश्यलाई अनुकूल गर्ने र चित्रको गुणस्तरीयता बढाउने कम्पनीको भनाइ छ। त्यस्तै नानो सेल प्रविधिको एसएम ८१ मा रहेको विस्तृत रंग छनोटले यसको रंग उन्नत गर्ने र हेर्नका लागि फराकिलो कोण रहेको कम्पनीको भनाइ छ।

कम्पनीले भनेको छ, ‘जुन कुनाबाट हेरे पनि यसले दर्शकलाई अझ राम्रो दृश्य दिन्छ।’

यो एकनासको आकारको छ र यसले दृश्यको भिन्न अनुभव र गुणस्तर सुनिश्चित गर्नेछ। एलजीको यूएचडी यूएम ७३/७६ सिरिजको टिभी अझै विशेष तरिकाले बनइएको छ। यसको आइपीएस डिस्प्लेले स्पस्ट र जीवित चित्र प्रदर्शन गर्दछ। फरकिलो कोणबाट यसका विशेषताहरु अनेकौँ रहेका छन्।

nirvan tv 3

टिभीमा गुगल एसिस्टेन्ट, अमेजन एलेक्सा एयर प्ले २ तथा होम किट जडान रहेको कम्पनीले जनाएको छ। आज सार्वजनिक भएको टिभीको अधिकतम मूल्य आठ लाखसम्म भएको र यसको फरक भेरिएन्टमा मूल्यमा पनि फरक रहेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .