ad ad

कारोबार


मार्जिन कारोबार सुविधा कार्यान्वयनको सबै पूर्वाधार तयार

मार्जिन कारोबार सुविधा कार्यान्वयनको सबै पूर्वाधार तयार

नेपालखबर
भदौ १९, २०७६ बिहिबार ६:५५,

 नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबार सुविधा सञ्चालनका लागि आवश्यक सबै पूर्वाधार तयार भएको जानकारी गराएको छ। मार्जिन कारोबारको राफसाफसम्बन्धी व्यवस्था गर्न छुट्टै हितग्राही खाता आवश्यक पर्ने तर विद्यमान धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली, २०६८ मा उक्त हितग्राही खाता सञ्चालन सम्बन्धमा कुनै व्यवस्था थिएन।

सोही कारण बोर्डले सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली, २०६८ मा आवश्यक संशोधन प्रस्तावसहित बोर्डमा स्वीकृतिका लागि पेस गरेको थियो। बजारको विद्यमान अवस्थालाई दृष्टिगत गरी मार्जिन कारोबार अविलम्ब सञ्चालन गर्न आवश्यक देखिएकोले उक्त लि.बाट प्रस्ताव भए बमोजिम बोर्डबाट धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली, २०६८ को पाँचौ संशोधन (२०७६) लाई स्वीकृति प्रदान गरिएको बोर्डले जनाएको छ।

यस व्यवस्थाले सीडीएससीले मार्जिन कारोबार राफसाफ प्रयोजनका लािग हितग्राही खातासम्बन्धीे व्यवस्था गरी धितोपत्र बजार, निक्षेप सदस्य र राफसाफ सदस्यलाई जानकारी गराउनुपर्नेछ। उक्त व्यवस्थापश्चात् राफसाफ सदस्यले मार्जिन कारोबार राफसाफ प्रयोजनका लागि कुनै निक्षेप सदस्यमार्फत मार्जिन कारोबार राफसाफ हितग्राही खाता खोल्न सक्ने व्यवस्था गरिएको छ।

यस संशोधनपश्चात् मार्जिन कारोबार सुविधा सञ्चालनमा आई धितोपत्र बजारको दायरा वृद्धि हुने तथा कारोवारमा समेत विस्तार भई धितोपत्र बजार थप चलायमान हुने बोर्डको अपेक्षा रहेको बोर्डले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .