ad ad

राजनीति


कृषिमन्त्री खनाललाई डेंगुको संक्रमण, ग्रान्डी अस्पतालमा भर्ना

कृषिमन्त्री खनाललाई डेंगुको संक्रमण, ग्रान्डी अस्पतालमा भर्ना

नेपालखबर
भदौ १९, २०७६ बिहिबार ६:४६,

कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ग्राण्डी अस्पताल भर्ना भएका छन्। डेंगु संक्रमणका कारण ज्वरो बढेपछि मन्त्री खनाललाई बुधबारबाट अस्पताल भर्ना गरिएको उनको सचिवालयले जनाएको छ।

मंगलबार साँझबाट टाउको दुख्ने, ज्वरो आउने भएपछि जचाउन मन्त्री खनाल निदान हस्पिटल पुगेका थिए। डेंगु संक्रमणको आशंकामा अस्पतालले उनलाई बुधबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पठाएको थियो।

कृषिमन्त्रीका प्रेस संयोजक बोमलाल गिरीका अनुसार आइतबारदेखि मन्त्रीलाई ज्वरो आएको थियो। तर डेंगु संक्रमण भएको भने बुधबार मात्रै थाहा भएको थियो। थाहा भएलगत्तै मन्त्री खनाल ग्रान्डीमा भर्ना भएर उपचार गराइरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .