ad ad

कारोबार


भारतबाट मात्रै ह्याकरले नेपाली बैंकको एक करोड पाँच लाख भारु निकाले

भारतबाट मात्रै ह्याकरले नेपाली बैंकको एक करोड पाँच लाख भारु निकाले

नेपालखबर
भदौ १९, २०७६ बिहिबार ७:५९,

गत १४ गतेको एटीएम ह्याकिङ घटना नेपालमा मात्र नभई भारतमा समेत भएको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्र संयोजकत्वको अध्ययन समितिले बुझाएको प्रतिवेदनमा नेपाली वाणिज्य बैंकहरु प्रयोग गरी भारतमा पनि रकम निकालिएको उल्लेख छ।

राष्ट्र बैंकले गरेको अध्ययनअनुसार भारतमा नेपाली बैंकका एटीएम प्रयोग गरी २४ वटा बैंकका १ सय ३२ एटीएमबाट १ करोड ५ लाख ८७ हजार २ सय भारु निकालिएको छ। कार्यकारी निर्देशक मिश्रको टोलीले गरेको अध्ययनले नेपालमा भने ७ वटा बैंकको विभिन्न कार्डहरु प्रयोग गरी १७ वटा बैंकका ६८ वटा एटीएमबाट १ करोड ८९ लाख ४४ हजार ५ सय रुपैयाँ निकालिएको पाइएको छ।

अध्ययनले भिसा नेटवर्क तथा नेप्सको स्विच नियन्त्रणमा लिएर पैसा निकालिएको देखिए पनि यसको विस्तृत अध्ययन हुन बाँकी रहेको राष्ट्र बैंकले जनाएको छ। अध्ययन टोलीले निकालेको प्रतिवदेन बुधबार साँझ राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपाललाई सुझावसहितको प्रतिवेदन बुझाएको हो।

टोलीले बैंक तथा वित्तीय संस्थाहरुबाट यसअघि जारी भएका म्याग्नेटिक स्ट्रिप कार्ड तीन महिनाभित्र विस्थापित गरी चिप कार्ड प्रयोगमा ल्याउन सुझाव दिएको छ। एटीएम कक्षमा जडित सीसीटीभीको नियमित रुपमा केन्द्रीकृत रुपले अनुगमन गर्ने व्यवस्था मिलाउन पनि सुझाव दिइएको छ।

यस्तो अनुगमन शनिबारलगायत अन्य विदाको दिनमा समेत नियमित रुपले गर्ने व्यवस्था मिलाउनुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ।

राष्ट्र बैंकका अनुसार गत शनिबार बिहान ११ बजेदेखि साँझ ४ः३५ सम्ममा नेपाल र भारतका गरी कुल दुई सय एटीएमबाट ३ करोड ५८ लाख ८४ हजार २० रुपैयाँ निकालिएको छ। यद्यपि उक्त समयमा भएकामध्ये केही कारोबार वास्तविक रहेको पाइएको प्रतिवेदनमा जनाइएको छ। 'अन्य केही कारोबारबारे प्रमाणित हुन बाँकी रहेकोले क्षति भएको रकम सोभन्दा केही कम हुनसक्नेछ', राष्ट्र बैंकले प्रतिवेदनमा भनेको छ।

rb prativedan

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .