मदन–शीला स्रष्टा सम्मान–२०७५ राष्ट्रकवि माधवप्रसाद घिमिरेले पाउने भएका छन्।
मदन–शीला प्रतिष्ठानको बैठकले एक लाख एक हजार राशिसहितको सो सम्मान घिमिरेलाई दिने निर्णय गरेको हो।
त्यस्तै बैठकले नेपाली साहित्य सम्मेलन दार्जिलिङबाट प्रकाशन हुने ‘दियालो’ साहित्यिक पत्रिका र काठमाडौँबाट प्रकाशन हुने ‘उन्नयन’ त्रैमासिकलाई मदन–शीला साहित्यिक पत्रकारिता सम्मान–२०७५ बाट सम्मान गर्ने पनि निर्णय गरेको छ। सो सम्मानको राशि जनही ५० हजार रुपैयाँ रहेको छ ।
प्रतिक्रिया