एसजी ग्रुपअन्तर्गत नेपालका लागि आधिकारिक वितरक मोटरहेड तथा टारो ब्राण्डमा लागू हुने गरी यही भदौ २७ बाट ३१ गतेसम्म एक्सचेन्ज क्याम्प सञ्चालन गरेको छ।
कम्पनीले जस्तोसुकै अवस्थाको बाइकहरुमा कम्तीमा २५ हजार रुपैयाँको मूल्यांकन हुने गरी क्याम्प सञ्चालन गरेको हो। यसमा जुनसुकै ब्राण्डको बाइकसँग एक्सचेन्ज गर्दा बजार मूल्यांकन २० हजार हुने कम्पनीले जनाएको छ।
बम्पर अफरमा २ जना भाग्यशाली विजेतालाई कम्पनीबाट पूर्ण बीमा छुट हुनेछ। यो अफर काठमाडौं उपत्यकाभित्र धोविघाट, बालाजु, सल्लाघारी, चाबहिल र टेकु गरी ६ वटा शोरुममा लागू हुनेछ।
33
Shares
प्रतिक्रिया