विगत केही समयदेखि नेपालका सीमित सहरी क्षेत्रमा नक्कली म्याक ल्युब्रिकेन्ट भित्रिरहेको आधिकारिक बिक्रेता कम्पनी सिप्रदी ट्रेडिङले जनाएको छ।
कम्पनीका अनुसार वीरगन्ज, चितवन, जनकपुर, महेन्द्रनगर, पोखरा, गौर लगायतका क्षेत्रका कतिपय पसलले छिमेकी मुलुकबाट अवैध रुपमा नक्कली म्याक लुब्रिकेन्ट आयात गरी बिक्री गरिरहेको पाइएको हो।
अटोबजारको लोकप्रिय म्याक लुब्रिकेन्ट्स दुई पांग्रेदेखि सानो गाडी तथा ठुलो गाडीमा समेत प्रयोग हुने सर्वाधिक रुचाइएको इञ्जिन आयल हो।
अटो क्षेत्रमा मात्रै सीमित नभएर इण्डस्ट्रियल प्रयोजनका लागि पनि प्रयोग हुने म्याक लुब्रिकेन्ट्स नेपाल, भारत, लगायत विभिन्न राष्ट्र हरुमा प्रयोग हुन्छन्।
‘तर विगत केहि समयदेखि नेपालका वीरगन्ज, चितवन, जनकपुर, महेन्द्रनगर, पोखरा, गौर लगायतका क्षेत्रमा छिमेकी मुलुकबाट अवैध रुपमा नक्कली म्याक लुब्रिकेन्ट आयात गरी बिक्री गरिरहेको पाएका छौँ’, म्याकले भनेको छ।
यस्ता कार्यले इञ्जिन खराब मात्र नभएर राजस्वमा पनि धेरै नकारात्मक असर पर्ने कम्पनीको भनाइ छ।
भारत पेट्रोलियमको म्याक लुब्रिकेन्ट्सका आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि.ले भविष्यमा यस्ता गतिविधि बन्द नगरेमा ती व्यापारी र पसलहरूलाई कडाभन्दा कडा कारबाही गर्ने जनाएको छ ।
Shares
प्रतिक्रिया