नयाँ ईभी ब्रान्ड नेपाल भित्रिएको छ।
लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी इमोबिलिटीले केयीको एक्स३ प्रो ईभी नेपालमा सार्वजनिक गरेको हो।
४४४३ एमएम लम्बाइ, १८३१ एमएम चौडाइयुक्त गाडी कम्पनीले फ्लागसिप र डिलक्स दुई भेरियन्टमा ल्याएको छ।
यी गाडीमा फ्ल्यागसिपको मूल्य ४६ लाख ९६ हजार र डिलक्सको ४८ लाख ९६ हजार रुपैयाँ रहेको छ।
केयी एक्स ३ प्रोको रेञ्ज ४०१ किलोमिटर रहेको बिक्रेता लक्ष्मी ग्रुपले दाबी गरेको छ।
१२० किलोवाटको मोटर पावर रहेको गाडीमा ५३.६ किलोवाटआवर ब्याट्री छ।
गाडीको स्पिड प्रतिघण्टा अधिकतम १५० किमि रहँदा ९ सेकेन्डमा ० बाट १०० किमिको गति लिन सक्छ।
एक्स ३ प्रोको ग्राउन्ड क्लियरेन्स १८२ एमएम छ। ५ सिटे गाडीमा फास्ट चार्जरबाट ५० मिनेटमा फुल चार्ज हुन्छ भने नर्मल चार्जरबाट ८ घण्टा लाग्छ।
गाडीमा २ वटा मोड छ। इको र स्पोर्टस मोडमा गाडी कुदाउन सकिन्छ। २ वटा मोडलमा फ्ल्यागसिपको टायर साइज १७ इन्च र डिलक्सको १८ इन्च छ।
तस्बिरहरु
सबै तस्बिर : सरोज बैजु
Shares
प्रतिक्रिया