गण्डकी प्रदेशको कृषि क्षेत्रमा बैंक वित्तीय संस्थाले ३१ अर्ब ४५ करोड कर्जा प्रवाह गरेका छन्।
नेपाल राष्ट्र बैंकको अध्ययन अनुसार गण्डकी प्रदेशको कृषि, वन र मत्स्यपालन क्षेत्रमा बैंक वित्तीय संस्थाले २०७९/८० असार मसान्तसम्ममा ३१ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका हुन्।
कृषि क्षेत्रको कुल कर्जाको ६० प्रतिशत हिस्सा दुई जिल्लामा मात्रै प्रवाह भएको छ । प्रदेशका ११ जिल्लामध्ये कास्की र नवलपरासी (पूर्व) १८ अर्ब ८७ करोड कर्जा प्रवाह गरेको छ।
२०८० असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाबाट कृषि क्षेत्रसँग सम्बन्धित विभिन्न शीर्षकमा जिल्लागत रुपमा प्रवाहित कर्जामध्ये कास्की सबैभन्दा बढी४१.४ प्रतिशत र सबैभन्दा कम मनाङमा ०.४ प्रतिशत रहेको छ।
30
Shares
प्रतिक्रिया