हिमालयन बैंक लिमिटेडले १३ लाख २७ हजार ८ सय ६७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।
एक सूचना जारी गर्दै बैंकले ८ जना संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा रहेको जानकारी दिएको हो।
सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिनसक्ने सूचनामा उल्लेख छ।
सूचनामा भनिएको छ, ‘सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।’
खरिद गर्न इच्छुकले हिमालयन बैंकको केन्द्रीय कार्यालयको कानुन तथा सेयर विभागमा आवश्यक कागजातसहित निवेदन दिनुपर्नेछ।
354
Shares
प्रतिक्रिया