राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले आफ्नो ८ वर्षे कार्यकाल पूरा गरेका छन्।
उनी बिहीबारदेखि नै बैंक सेवाबाट निवृत्त (अवकाश) भएका हुन्।
उनी २०७२ चैत २९ गते खुला प्रतिस्पर्धाबाट बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा प्रथम पटक नियुक्त भएका थिए। उनी २०७६ चैत २९ गते दोस्रो कार्यकालका लागि पुनः नियुक्त भएका थिए।
बैंकको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा यही चैत २९ गतेबाट लागू हुने गरी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देबेन्द्ररमण खनाललाई कायममुकायम (का.मु.)को जिम्मेवारी तोकिएको बैंकले जनाएको छ।
बैंक व्यवस्थापनको तर्फबाट बुधबार एक समारोहका बीच प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई बैंक सेवाबाट विदाइ गरिएको छ।
उक्त समारोहमा प्रतिस्पर्धी बैंकिङ्ग बजारमा राष्ट्रिय वाणिज्य बैंकलाई सबल बैंकको रुपमा उभ्याउन श्रेष्ठले गरेको योगदानका लागि आभार व्यक्त गरिएको थियो।
श्रेष्ठले ८ वर्षको अवधिमा आफूले पाएको साथ र सहयोगप्रति धन्यवाद व्यक्त गरे। उक्त समारेहमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृतद्धय देवेन्द्ररमण खनाल र सरस्वती अधिकारी, उपकार्यकारी अधिकृतहरु देवेशप्रसाद लोहनी, विमल डंगोल, पवन रेग्मी, विनयरमण पौडेल र दुर्गाकुमारी कँडेल, ट्रेड युनियनका अध्यक्ष तथा पदाधिकारीहरु, विभागीय प्रमुखहरु, प्रादेशिक प्रबन्धकहरु लगायत कर्मचारीहरुको उपस्थिति थियो ।
Shares
प्रतिक्रिया