ad ad

कारोबार


बैंकिङ क्षेत्रको स्थिरताका लागि पनि बैंकको न्यूनतम नाफा निश्चित हुनुपर्छ : गभर्नर अधिकारी

बैंकिङ क्षेत्रको स्थिरताका लागि पनि बैंकको न्यूनतम नाफा निश्चित हुनुपर्छ : गभर्नर अधिकारी

नेपालखबर
असार ९, २०८१ आइतबार १२:२६, काठमाडौँ

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुको न्यूनतम नाफा निश्चित हुनुपर्ने अन्यथा यसले बैंकिङ क्षेत्रकै स्थिरतामा असर गर्ने बताएका छन्। 

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले गरेको अन्तर्क्रियामा बोल्दै गभर्नर अधिकारीले उक्त कुरा बताएका हुन्। 


‘बैंकको न्यूनतम नाफा निश्चित हुनुपर्छ। यो तरलता व्यवस्थापन र समग्र वित्तीय स्थिरताका लागि हो। अहिले त डिपोजिटको ब्याजदरभन्दा तल पुगेको छ। ८ प्रतिशतभन्दा तलको नाफा छ।’ 

आउनसक्ने समस्यालाई अवगत गरेर राष्ट्र बैंकले प्रोभिजनमा कडाइ गरेको अधिकारीले उल्लेख गरे। खराब कर्जालाई ध्यान दिइरहेको उनको भनाइ छ।  

‘हामीले प्रोभिजिन बढाउनु भनेको बैंकको स्टेबिलिटीको लागि हो। त्यो नहुँदा नाफामा जान्थ्यो, बोनसमा जान्थ्यो, व्यक्तिको खल्तीमा पुगिसक्थ्यो। नेट एनपीएल१.१३ प्रतिशत मात्रै छ’, उनले भने। 

यसअघिका केही वर्षमा बढाइएको ब्याजदरबारे पनि अन्तर्क्रियामा उनले बताएका थिए। खासगरी कोरोनाको समयमा बढेको ब्याजदर रहर नभई बाध्यता भएको उनको भनाइ थियो। 

‘२०७७ मा आफू नि बाँचौँ अरुलाई नै बचाऔँ भन्ने बैंकहरुको सन्देश थियो। बैंकर साथीहरुकै सहयोगमा गर्यौँ’, उनले थपे, ‘२०७८ मा सरकारले सहुलियत ऋणको अवधारणा ल्यायो। पुनर्लगानीलाई हामीले खुल्ला गर्यौँ। तर धेरै प्रयोग भएपछि अर्को वर्षको मौद्रिक नीतिमा घाँटी हेरी हाड निल्ने सन्देश दियौँ।’ 

सोहीअनुसार सीडी रेसियोको व्यवस्था गरेको बताउँदै उनले केन्द्रीय बैंकले अवस्थाअनुसार आवश्यक नीतिगत व्यवस्था क्रमैसँग गरेका बताए। 

राष्ट्र बैंकले लिएका नीतिमा ४३ प्रतिशतको ब्याज बढोत्तरी ठूलो कुरा नभएको बताउँदै उनले अन्तर्राष्ट्रिय मुद्रा कोषलाई ५६ गुणा बढी ब्याज तिरेको उदाहरण दिए। 

लघुवित्तको ब्याजबारे उठेका सवालमा समेत गभर्नर अधिकारीले बताएका थिए। 

‘लघुवित्तको १५ प्रतिशत ब्याज बढी भन्ने हो भने ग्लोबल रेट नै ३५ प्रतिशत बढी छ’, उनले भने, ‘त्यसैले यसबारे लघुवित्तसम्बद्धहरुले यसबारे बुझाउनुपर्छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .