बैंक अफ काठमाण्डू लिमिटेडले बैंकका गण्डकी प्रदेशअन्तर्गतका विभिन्न शाखा कार्यालयहरुमार्फत घरदैलो कार्यक्रम सम्पन्न गरेको छ।
बैंकले हालै सार्वजनिक गरेको २ निक्षेप योजनाहरुको जानकारीमूलक तथा विभिन्न बैंकिङ्ग सेवाहरुको जानकारी प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त घरदैलो कार्यक्रममा बैंकका विभिन्न शाखा कार्यालयका कर्मचारीको सहभागिता रहेको थियो।
बैंकले आकर्षक विशेषताहरुसहित ४ गुणासम्मको प्रतिफल भएको बीओके सुपर मुद्दती खाता सार्वजनिक गरेको थियो। उक्त ४ गुणासम्म प्रतिफल प्रदान गर्ने मुद्दती खातामा क्रेडिट कार्ड जारी शुल्कमा विशेष छुटको सुविधा, मौज्दात रकमको ९० प्रतिशतसम्म ऋणको सुविधासहित २ लाखसम्मको क्रेडिट कार्ड सुविधा छ।
बीओके प्रिमियम प्लस बचत खातामा उच्चतम् ब्याजदर ८.०३ प्रतिशतको वार्षिक ब्याजदरसहित थुप्रै निःशुल्क सेवाहरु समावेश गरी ग्राहकहरुको फाइदालाई ध्यानमा राखी सार्वजनिक गरेको हो।
बैंकको गण्डकी प्रदेशअन्तर्गतका बाग्लुङ, बेनी, दमौली, खैरेनीटार, पोखरा, सुदरबजार, पावरहाउस, बगर तथा वालिङ्गलगायत शाखा कार्यालयहरुले आफ्नो नजिकको स्थानहरुमा घरदैलो कार्यक्रम गरी बैंकको नयाँ योजनाहरुबारे जानकारी दिएका हुन्।
Shares
प्रतिक्रिया