बैंक अफ काठमाण्डू लिमिटेड र मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोर्टबीच व्यावसायिक सम्झौता भएको छ।
दुई कम्पनीबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकहरुलाई १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको हो।
योसँगै ग्राहकले मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोर्ट मा उपलब्ध हुने सेवाहरुमा एकमुष्ठ १० प्रतिशत छुट पाउनेछन्। उक्त छुटको उपयोग गर्नको लागि ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ।
मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोटले बाँकेको नेपालगंजबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आइरहेको छ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०३ शाखा कार्यालयहरु, ९८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट सेवा दिँदै आएको छ।
48
Shares
प्रतिक्रिया