ग्लोकल टिन हिरो नेपालको आठौँ संस्करणमा डिशहोमले पार्टनरसीप गरेको छ।
नेपाल भरका किशोरकिशोरीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर गर्दै र उनीहरुको प्रतिभा र उत्साहलाई प्रेरित गर्न ग्लोकल टिन हिरो आयोजना गरिँदै आएको छ।
नेपालभरबाट विभिन्न विधाबाट सहभागी ६ सय ४८ किशोरकिशोरीहरुले आवेदन दिएकामध्ये ६ जना प्रतिस्पर्धी ग्लोकल टिन हिरो २०२२ को फाइनलमा पुगेका छन्।
सेप्टेम्बर १, २०२२ सोल्टी होटलमा हुने सम्मेलन र अवार्ड कार्यक्रममार्फत ग्लोकल टिन हिरो २०२२ नेपाल विजेताको नाम घोषणा गरिने आयोजकले जनाएको छ।
वाइवाइ ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी यसप्रकार छन्ः
- आशिष शाह, धनुषा, शिक्षा प्राविधिक
- विमर्ष पौडेल, चितवन, चलचित्र निर्माता
- दर्शना रिजाल, मोरङ, महिला अधिकारकर्मी
- निश्चल सिंह विष्ट, अछाम, इकोप्रेनेउर
- राहुल रञ्जन शाह, धनुषा, खगोल विज्ञान प्रेमी
- सृजना गौतम, मोरङ, सामाजिक कार्यकर्ता
27
Shares
प्रतिक्रिया