ओम्दियाबाट प्रमाणित एन्ड्रोइड टिभी ब्राण्ड टीसीएलले यो दशैँ तिहारलाई लक्षित गरेर ‘अजम्बरी खुसी’ योजना सार्वजनिक गरेको छ।
योजनाअन्तर्गत ग्राहकहरुले टिसिएलका होम इन्टरटेनमेन्ट र होम एप्लायन्सका उत्पादनहरु खरिद गर्दा आकर्षक नगद छुट वा निश्चित उपहारहरु प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ। ग्राहकहरुले यो योजना भदौ ८ गतेदेखि सीमित अवधिका लागि नेपालभर पाउने कम्पनीले जनाएको छ ।
ग्राहकहरुले टेलिभिजनको खरिदमा ४० हजार ४०० रुपैयाँसम्मको छुट पाउन सक्नेछन् भने कर्भड टेलिभिजनको खरिदमा १४ हजार ७०० रुपैयाँको छुटका साथै १ थान टि.भी स्टिक उपहार पनि पाउन सक्नेछन्।
त्यस्तै वाशिङ मेसिन खरिदमा रु. १९,३०० सम्मको छुटका साथै ६ केजीको सर्फ एक्सल वाशिङ पाउडर उपहार पनि पाउन सक्नेछन्। रेफ्रिजेरेटरको खरिदमा ३५ हजार ७०० रुपैयाँको छुट पाउन सक्नेछन। त्यसैगरी एअर कन्डिसनरको खरिदमा ३५ हजार ४०० रुपैयाँसम्मको छुटका साथै ४ हजार रुपैयाँबराबरको निःशुल्क एसी जडान सुविधा पनि पाउन सक्नेछन्।
साथै वाटर डिस्पेन्सरको खरिदमा ४ हजार ३०० रुपैयाँसम्मको छुट र चेस्ट फ्रिजरको खरिदमा १४ हजार ७०० रुपैयाँ र साउन्ड बारको खरिदमा ६ हजार रुपैयाँसम्मको छुट पाउन सक्नेछन्।
यसका साथै कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेसन एन्ड डेमो र शून्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरेको छ।
नेपाल अधिराज्यभर टीसीएल ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजी ईओएल रहेको छ।
सिजी इलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको दाबी गरेको छ।
कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौंभित्र टंगाल, कुमारीपाटी, बसुन्धरा, जोरपाटी, भक्तपुर राधे राधे, रविभवन, कीर्तिपुर, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन्।
Shares
प्रतिक्रिया