केबल र कन्डक्टर्स ब्रान्ड लिटमस केबल्सले चाडपर्वको अवसरमा आफ्ना उपभोक्ताहरूलाई लक्षित गरी ‘वाइरिङ दमदार, घर शानदार’ स्किम ल्याएको छ।
यो योजनाअन्तर्गत, पाँच जना भाग्यशाली विजेताहरूले हरेक हप्ता भ्याकुम क्लिनर, एयर प्युरिफायर, मिनी रेफ्रिजरेटर, रेडमी नोट ११ प्रो, स्मार्ट वाच, इयरबड्स र ट्रिमर जस्ता इलेक्ट्रोनिक्स जित्ने मौका पाउनेछन्।
लक्की ड्रमा सहभागी हुन ग्राहकले न्यूनतम ५० हजार रुपैयाँ लिटमस केबल खरिद गरी तारिङ प्रक्रियाको फोटो सहितको बिल लिटमस डट कम डट एनपी÷कन्जुमर स्किममा पठाउनुपर्ने कम्पनीले जनाएको छ।
कार्तिक २५ गते दुई भाग्यशाली विजेताले फ्रिज, वासिङ मेसिन, ५५’ टिभी र ल्यापटप जस्ता १० लाख बराबरका घरेलु उपकरणहरू जित्ने मौका पाउनेछन्।
विजेताले जितेको पुरस्कार घोषित भएको ३ देखि ५ दिनभित्र पाउन सक्ने र उक्त पुरस्कारको वितरण नजिकको डिलर÷रिटेलरबाट गरिनेछ।
यो योजना भदौ २० देखि कात्तिक २० सम्म २ महिनाको लागि मान्य हुनेछ। सन् १९७७ मा स्थापना भएको लुम्बिनी विद्युत् उद्योग प्रा. लिमिटेड नेपालको पहिलो एल्युमिनियम कन्डक्टर स्टिल रिइन्फोर्स्ड उत्पादन कम्पनी हो।
यस कम्पनीले चार दशकदेखि एडभान्स जर्मन टेक्नोलोजी र लिटमस केबल्स ब्रान्ड नाममा उत्कृष्ट गुणस्तरका तारलहरू उत्पादन गर्दै आएको छ।
लुम्बिनी विद्युत उद्योग प्रा. लिमिटेड नेपालको सबैभन्दा ठूलो निजी औद्योगिक र व्यापार समूह, रमेश कर्पोरेसनको संस्था हो । यो बुटवलको बुटवल औद्योगिक क्षेत्रमा अवस्थित रहेको छ।
Shares
प्रतिक्रिया